मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको हो ।
डडेलधुरामा हालसम्म ९६ प्रतिशत बढी घरधुरीमा विद्युत् पुगेको छ । योसँगै सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरसहित डडेलधुरा पनि विद्युत् पहुँच भएको जिल्ला भएको छ । कैलाली र कञ्चनपुरमा शतप्रतिशत विद्युत् पुगेको छ । जिल्लाभर रहेका ३१ हजार १७२ घरधुरीमध्ये ३० हजार १५१ घरपरिवारमा विद्युत् पुगेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेलधुराका प्रमुख कपिल जोशीले बताउनुभयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै यहाँ विद्यालय केन्द्रित मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । नयाँ पुस्तालाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व र नागरिक कर्तव्यबारे जानकारी गराउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले यो कार्यक्रम सञ्चालन गरेको हो ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले हाम्रा मौलिक चाडपर्वहरु सम्पन्नताका परिचायक भएको बताउनुभएको छ । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्वको अवसरमा मङ्गलबार शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक मार्ग हुँदै माथिल्लो मुस्ताङ जान सकिने गरी यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १, २ र ३ नम्बर वडा जोड्ने (मुक्तिनाथ–तेताङ) चक्रपथ सडक निर्माण जारी छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पुँजीगत खर्च बढाउन कमजोर सुधार गर्न आवश्यक रहेको औँल्याउनुभएको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको कार्यप्रगति, समस्या र चुनौती समीक्षा कार्यक्रममा उहाँले भइरहेका कमजोरी सुधार गरेर पुँजीगत खर्च बढाउनुपर्ने औँल्याउनुभएको हो । मुख्यमन्त्री शाहले प्रदेश सरकारमातहतका सबै मन्त्रालय तथा मातहतका कार्यालयलाई १५ दिनभित्र स्पष्ट, समयबद्ध, नतिजामुखी कार्यायोजना तयार गर्न निर्देशन दिनुभएको छ ।
आलु खेतीको व्यावसायिक उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले आलु पकेट विकास निरन्तरता कार्यक्रमअन्तर्गत रेसुङ्गा नगरपालिकाले कृषकलाई आलुको बीउ वितरण गरेको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलले समाज र राष्ट्रप्रति उत्तरदायित्व वहन गर्न सक्ने जनशक्ति विद्यालयबाट उत्पादन हुनुपर्ने बताउनुभएको छ ।
आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यका लागि सरकारले निर्वाचन घोषणा गरेसँगै अहिले दलका नेता तथा कार्यकर्ता गाउँबस्तीमा जनतासँग भेटघाटमा व्यस्त देखिएका छन् ।
कैलालीमा चालु आर्थिक वर्षमा १२२ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गत साउन महिनादेखि हालसम्म आत्महत्या गर्ने १३६ जनामध्ये झुन्डिएर आत्महत्या गर्नेको सङ्ख्या १२२ रहेका छन् ।
समय–समयमा आँखा परीक्षण नगराउँदा मोतियाबिन्दुको समस्या रहेको पाइएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा फरक फरक स्थानमा आयोजना गरिएका निःशुल्क आँखा परीक्षण शिविरहरुमा मोतियाबिन्दुको समस्या उच्च भेटिएको हो ।
बहुप्राविधिक आवाशिय शिक्षालय निर्माणका लागि हिरक महोत्सवको अवसरमा बडिगाड गाउँपालिका २ खर्वाङस्थित त्रिभूवन माविमा सञ्चालित श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञमा झण्डै तीन करोड रकम सङ्कलन भएको छ ।
दोस्रो स्वर्गीय पदमबहादुर गुरुङ स्मृति पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि साथीभाइ सामाजिक युवा क्लब फुङ्लिङ र आयोजक ’बी’ भिड्ने भएका छन् ।
आज पुस १५ गते, सुदूरपश्चिममा ठूलीरात अर्थात् पुसे पन्ध्रका रुपमा मनाइँदैछ । डडेल्धुरालगायतका केही जिल्लामा मङ्गलबार उत्तरायणका रुपमा पनि मनाइन्छ ।
बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा पुस ११ गतेदेखि बागलुङ नगरपालिका–१ रामरेखामा स्थित बाङ्गेचौर खेलमैदानमा जारी महोत्सवमा ‘मेड इन बागलुङ’ का स्टललाई निःशुल्क उपलब्ध गराइएको छ ।