जिल्ला प्रशासन कार्यालय बागलुङले मुख्य चार बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
नेपाली सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै देशको जनजीवन सामान्य बनाउने आ–आफ्नो दायित्वलाई हरेक नागरिकले निरन्तरता दिने विश्वास व्यक्त गरेको छ ।
काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दैगएको छ । नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन भएपछि यहाँको जनजीवन क्रमशः सामान्य बन्दैगएको हो ।
चितवनको भरतपुर रहेको कारागारबाट कैदीबन्दी भागेका छन् । कारागारमा आगो लगाएर कैदीबन्दी भागेका हुन् ।
बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृहमा मङ्गलबार राति सुरक्षाकर्मीसँग झडप हुँदा पाँच जनाको बालबन्दीको मृत्यु भएको छ ।
सर्लाही जिल्लाभर अर्को आदेश जारी नहुन्जेलसम्मका लागि बुधबार बिहानदेखि कर्फ्यु आदेश जारी भएको छ ।
आज र भोलि पुँजी बजारमा शेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले सूचना जारी गरेर यस्तो जानकारी दिएको हो ।
नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे (१७ः०० बजे) सम्म निषेधाज्ञा निरन्तर रहने जनाएको छ ।
प्रक्रियागत झन्झटका कारण कोशी प्रदेश सरकारले सञ्चालन गरेको कृषि कर्जा ब्याज अनुदान कार्यक्रमप्रति किसानको आकर्षण नभएको पाइएको छ ।
टेक्ससका उद्यमी तथा समाजसेवी हरिबोल भण्डारीले मङ्गलबार बिहान आफ्नै निवासस्थान ग्रेनवरीमा आत्महत्या गर्नुभएको छ । उहाँको आत्महत्याको कारण भने खुलेको छैन ।
जिल्ला कारागार शाखा म्याग्दीमा रहेका ८८ मध्ये ७६ जना कैदीबन्दीहरु भागेपछि जिल्ला प्रसासन कारर्यालयले कर्फ्यु आदेश जारी गरेको छ ।
जिल्ला कारागार जुम्लाबाट ३६ जना कैदीबन्दी भागेका छन् । कारगार भित्र रहेका हतियार र दाउराको प्रयोग गरी मङ्गलबार राति ११ बजेतिर कैदिबन्दी भागेको प्रहरीले जनाएको छ ।
देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुननदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ ।
हाल देशभर मनसुनको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको बताएको छ ।
तनहुँ कारागारबाट मङ्गलबार साँझ ३२७ जना कैदीबन्दी फरार भएका छन् । जेनजी आन्दोलन चर्किएपछि सदरमुकाम दमौलीस्थित विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी भइरहेका बेला कैदीबन्दी पनि भागेका हुन् ।