नेकपा (एस) का नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको आइसियूमा उपचार भइरहेको छ। जेनजी आन्दोलनमा आगजनीमा पर्नुभएकी चित्रकारको कीर्तिपुरको बर्न अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको अस्तपतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले जानकारी दिनुभयो।
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भदौ २९ गते पोखरा हुन लागेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रम स्थगित गरिएको छ ।
ताप्लेजुङमा जेनजी पुस्ता (समूह) ले गरेको तोडफोड र आगजनीबाट फुङ्लिङ नगरपालिकाको महत्त्वपूर्ण कागजातसहित भौतिक संरचनामा क्षति पुगेको छ ।
साँझ साढे ५ बजेतिर कारागारको ‘ख’ ब्लकमा रहेका १२४ जना कैदीबन्दीले मूल गेटमा तोडफोड गर्दै कारागारबाट भागेका हुन्।
दुशान्बेस्थित पामिर रङ्गशालामा मङ्गलबार राति भएको समूहको अन्तिम तथा तेस्रो खेलमा नेपाल फिलिपिन्ससँग ४–० गोलले पराजित भयो ।
काठमाडौं महानगरपालिकाले भदौ २४ गतेको तोडफोड र आगजनीका घटनापछि नष्ट भएका सामग्रीको व्यवस्थापन र सरसफाइ अभियान सुरु गरेको छ ।
सुदूरपश्चिको प्रमुख नाका गौरीफन्टा नाकाबाट भारत प्रवेशमा नेपालीलाई रोक लगाइएको छ । नेपालमा भएको पछिल्लो घटनाका कारण गौरिफन्टा नाकाबाट नेपाली नागरिकलाई भारत प्रवेशमा रोक लगाइएको हो ।
कारागार कार्यालय कञ्चनपुरमा २४ कैदीबन्दी फर्किएका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अनिश्चिकालका लागि बन्द भएको छ ।
व्यास नगरपालिकाभित्र रहेका दलका कार्यालयहरू, अदालतदेखि कारागारसम्म, करिब सबै मुख्य सरकारी निकायमा तोडफोड र आगजनी हुँदा कागजातदेखि सवारीसाधनसम्म जलेर नष्ट भएका छन् ।
रसुवाको सदरमुकाम धुन्चेस्थित कारागारबाट ९८ जना कैदीबन्दी फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेमबहादुर शाहीका अनुसार रिहाइको माग राख्दै निरन्तर हड़तालमा रहेका कैदीहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरू कारागार तोडेर भागेका हुन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अवस्थालाई आफूले नजिकबाट नियालिरहेको उल्लेख गर्दै विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा गर्न आग्रह गर्नुभएको छ ।
महाराजगन्जस्थित भाटभटेनी सुपर मार्केटमा लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन् ।
पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जामा पाँच पालिकाले अनिश्चित कालका लागि पालिका बिदा गरेका छन्।
देशव्यापी आन्दोलनमा उत्रेको जेनजी पुस्ताले ताप्लेजुङमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय तोडफोड गरेका छन् ।