चलचित्र सङ्घको आह्वानमा मङ्गलबार देशभरका फिल्म हल बन्द भएका छन् । जेन जीको प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु भएका १९ जनाको शोकमा हल बन्द गरिएका हुन् ।
चलचित्र ‘मोहर’ हेर्दा ‘सुनको मोहर’ जित्ने निर्माण पक्षले ‘अफर’ ल्याएको छ । चलचित्र प्रदर्शन भएको एक महिनापछि दर्शकका लागि ‘सुनको मोहर’ जित्ने अफर ल्याएको हो ।
जेनजीहरुको प्रदर्शनका कारण जिल्लाका घोराही, तुलसीपुर र लमहीमा रहेका सरकारी कार्यालय, पार्टी कार्यालयसँगै नेताहरु घरमा तोडफोडसँगै आगजनी भएको छ ।
‘जेनजी’ आन्दोलनको दोस्रो दिन राजधानीका विभिन्न स्थानका ठुला व्यावसायिक र व्यापारिक संरचनामा तोडफोड र आगजनी भएको छ । तोडफोड र आगजनीमा होटेलदेखि चर्चित व्यावसायिक समूहका सोरुमसम्म परेका छन् ।
नेपाल–चीन उत्तरी कोरला नाकामा चिनियाँ सामान ढुवानीका लागि दर्जनौँ कन्टेनर त्यहाँ पुगेका छन् । भन्सार विभागले कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयलाई सक्रिय बनाएसँगै त्यहाँको नाकाबाट सामान ढुवानी गर्न व्यापारीका दर्जनौँ कन्टेनर त्यहाँ पुगेका हुन् ।
देशकै ठुलो तरकारी बजार कालीमाटीमा उपत्यकावासी उपभोक्ताका लागि आएको तरकारी बिक्री हुन नपाएर थन्किएको छ । ‘जेनजी’ युवाको आन्दोलनका कारण कालीमाटी क्षेत्र बिहानदेखि नै तनावग्रस्त भएपछि सोमबार रातिदेखि मङ्गलबार बिहान ९ बजेसम्म उपत्यकाबाहिरबाट आएका तरकारी साना बजार र तरकारीका खुद्रा बजारमा जान नपाएर थन्किएको हो ।
नेपालका निजी क्षेत्रले युवाको चाहना अनुरूप समुन्नत समाज निर्माणमा योगदान दिन सबैमा आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले ‘जेनजी’ पुस्ताले विभिन्न सुधारका माग राखी सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख, प्रदर्शनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
आन्दोलनरत जेनजी समूहले मङ्गलबार तनहुँका विभिन्न स्थानमा तोडफोड र आगजनी गरेका छन् । निषेधाज्ञा उल्लङ्घन गर्दै उनीहरूले मालपोत कार्यालयमा आगजनी गर्नुका साथै व्यास नगरपालिका, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला सिँचाइ कार्यालय, डिभिजन वन कार्यालय, शैक्षिक तालिमकेन्द्रलगायतका कार्यालयका सवारीसाधनमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
जेनजी पुस्ताले गरेको दुई दिनको आन्दोलनले मुलुकका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) को शक्तिशाली सरकार ढलेको छ । सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनको दोस्रो दिन राजीनामा दिएसँगै
विकास मानवीय आवश्यकता पूर्ति गर्ने गतिशील प्रक्रिया हो । प्राकृतिक स्रोत कुनै पनि मुलुकको विकास र समृद्धिको पहिलो आधार हो । दिगो विकासका लागि भौतिक तथा मानवीय साधनका साथै प्राकृतिक साधनको निकै महत्वपूर्ण स्थान छ ।
मानव सभ्यता र विकासबारे जिज्ञासा राख्दा करिब २० हजार वर्षपूर्व हाम्रा पुर्खा जङ्गली अवस्थामा रहेको अनुमान गरिन्छ । उनीहरूको जीवनशैली फिरन्ते र जनावर झैँ गुफामा वा ओढारमा बसी जङ्गली हिंस्रक जनावरबाट बच्ने उपायतर्फ लाग्न थालेका थिए ।
बारा जिल्लामा हालै भएका प्रदर्शनले ठूलो जनधनको क्षति पुर्याएकाले थप जोखिमबाट बच्न बुधबार बिहान ६ देखि दिउँसो ३ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ ।
१. सुडानको डार्फरमा एक हजार जनाभन्दा बढी मानिसको ज्यान जाने गरी भीषण पहिरो कहिले गएको हो ? – सन् २०२५ अगस्त ३१ २. नेपालमा पहिलो पटक एकै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण कहिले गरियो ? – विसं २०८२ भदौ ९
जेनजी आन्दोलन चर्किएसँगै दाङमा करोडौं मूल्यबराबरको भौतिक संरचना नष्ट भएको छ । प्रदर्शनकारीले व्यापक तोडफोड र आगजनी गरेपछि जिल्लाभरका विभिन्न सरकारी तथा राजनीतिक पार्टीका कार्यालयहरु पूर्णरूपमा क्षतिग्रस्त बनेका छन् ।
१. जनसम्पर्क व्यवस्थापन भनेको के हो ? सार्वजनिक प्रशासनमा जनसम्पर्क व्यवस्थापनको महत्व उल्लेख गर्दै जनसम्पर्कलाई प्रभावकारी बनाउने उपायहरू प्रस्तुत गर्नुहोस् । सङ्गठन र यसका सरोकारवालाबिचको सम्बन्धलाई विश्वासिलो र दिगो बनाइराख्न गरिने व्यवस्थापकीय कार्यलाई समग्रमा जनसम्पर्क व्यवस्थापन भनिन्छ । सङ्गठनको प्रतिष्ठा, ख्याति र सङ्गठनप्रतिको विश्वसनीयता कायम राख्न