केही दिन यता अत्यधिक बढेको चिसोसँगै चलेको शीतलहरले जनजीवन प्रभावित बन्न थालेपछि सप्तरीका विद्यालयहरु बन्द हुने क्रम जारी छ ।
लोकतान्त्रिक प्रणाली जनमतमा आधारित राजनीतिक व्यवस्था हो । जनमत प्राप्त गर्ने मुख्य माध्यम नै निर्वाचन हो । निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुन सक्यो भने योग्य उम्मेदवार निर्वाचनमा विजय भई देशको सेवा गर्न सक्छ । लोकतन्त्रको संस्थागत विकासमा योगदान दिन सक्छ । निर्वाचन स्वच्छ हुन सकेन भने त्यसले समाजमा नकारात्मक असर पार्छ । निर्वाच
अङ्ग्रेजी नयाँ वर्ष धूमधामका साथ मनाइरहेको पर्यटन राजधानी पोखरामा तमु (गुरुङ) समुदायको नयाँ वर्षसमेत भव्य रुपमा मनाइँदै छ । पुस १५ गते मनाइने तमु ल्होछारको अवसरमा पोखराको टुँडिखेलमा सोमबारबाट महोत्सव सुरु भएको हो ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०८२ पुस १२ गते निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ लाई स्वीकृत गरेको छ । यस आचारसंहितामार्फत निर्वाचनमा स्वतन्त्रता,
स्याङ्जाको वालिङ नगरपालिका–८ आँधीखोलाको किनारमा आगामी माघ १४ देखि २५ गतेसम्म नवौँ वालिङ महोत्सव गरिने भएको छ ।
गुल्मीको गुल्मीदरबार आधारभूत अस्पतालबाट स्वास्थ्य बिमा सेवा सुरु हुने भएको छ । स्वास्थ्य बिमा बोर्ड र गुल्मीदरवार गाउँपालिकाबिच सेवा सञ्चालनका विषयमा सम्झौता भएको छ ।
नेपाली समाजको वास्तविक पहिचान यहाँको अतुलनीय भाषिक, जातीय र सांस्कृतिक विविधतामा निहित छ । यही विविधताको एक गौरवशाली कडी हो, किराँत महावंश अन्तर्गत पर्ने एक प्राचीन र समृद्ध सभ्यता बोकेको गर्विलो जाति किराँत कुलुङ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तमु ल्होसार पर्वले आपसी भाइचारा, सद्भाव र बन्धुत्वको भावना मजबुत बनाउँदै मौलिक भाषा, संस्कृति र पहिचानको संरक्षण तथा संवर्धनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव, समरसता र समुन्नत समाज निर्माण हाम्रो साझा ध्येय भएको उल्लेख गर्दै दलित समुदायलाई न्याय, अवसर, समानता र समावेशिताको मार्गमा थप दृढताका साथ अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
१२० वर्ष अघिको गोर्खापत्र
राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् पर्व ‘तमु ल्होसार’ले नेपालीबिच सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने बताउनुभएको छ ।
नयाँ बानेश्वरमा सामूहिक कला प्रदर्शनी ‘नदबिने आवाज’ आयोजना गरिएको छ । संसद् भवनअगाडिको सडकपेटीमा विभिन्न कलाकारको सामूहिक कला प्रदर्शनी आयोजना गरिएको हो ।
संस्कृतिविद् गणेशराम लाछीका चार कृति सार्वजनिक भएको छ । मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, नेपाल भाषा एकेडेमीका कुलपति मल्ल के सुन्दर, भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरले मध्यपुर थिमिमा शनिबार संयुक्त रूपमा लाछीका चार कृति ‘सिक्किम यात्राका सेरोफेरो’, ‘अमूर्त सम्पदाभित्र’, ‘हेंग्वाः जूम्ह मनू’ र कय्ता तंम्ह नेवाः’ सार्वजनिक गर्नुभयो ।
चीन र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका अवसरमा चीनको बेइजिङमा ‘हिमाल वारिपारिको संवाद : चीन–नेपाल थाङ्का तथा पौभासङ्ग्रह’ विमोचन तथा कला प्रदर्शनी सम्पन्न भएको छ ।
हरेक वर्ष स्ट्रबेरी खेतीबाट राम्रो आम्दानी गर्दै आएका वीरेन्द्र खड्काले यस वर्ष पनि स्ट्रबेरी खेतीलाई निरन्तरता दिनुभएको छ । चार वर्षदेखि व्यावसायिक स्ट्रबेरी खेती गर्दै आएका खड्काका अनुसार हाल बोटमा फल लाग्न सुरु भएको छ । “धेरै जसो बोटमा फल लागिसकेको छ,” उहाँले भन्नुभयो, “अबको आठ/दस दिनभित्रै खानलाई तयार हुन्छ ।”