नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गर्न सकोस् भनेर तमु ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ ।
लक्ष्य अनुसार राजस्व सङ्कलन हुन नसक्दा तिनै तहका सरकारको सञ्चित कोष घाटामा रहेको छ । महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वर खनाल र महालेखा परीक्षक तोयम रायसमक्ष प्रस्तुत गरेको गत आर्थिक वर्ष २०८१/८२ को एकीकृत वित्तीय विवरणले सञ्चित कोष एक खर्ब आठ अर्ब ९९ करोड रुपियाँले घाटामा देखाएको हो ।
नागार्जुन नगरपालिकास्थित रामकोटको अर्को कृषि फार्ममा उत्पादित रायो सागमा पनि उच्च विषादी फेला परेको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको मोबाइल भ्यान खाद्य प्रयोगशालासहितको टोलीले काठमाडौँको नागार्जुन नगरपालिकास्थित रामकोटका कृषि फार्मको स्थलगत अनुगमन गरी रायोको साग र गोलभेँडामाको परीक्षण गर्दा उच्च विषादी भेटिएको हो ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य बढेको छ ।
सानो बोट, बोटैभरि पातभन्दा बढी सुन्तले रङमा बयर झैँ र बयरकै साइजमा लटरम्म फल फलेको छ । राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारी पात्ले धनकुटापरिसरमा देखिएको यस फललाई मुन्तलाको नामले चिन्ने गरिएको छ ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो ।
आफ्ना दौँतरी धेरै बसाइँ सरेर मधेश झरिसके पनि लीलावल्लभ नेपाल (दुर्गा) भने गाउँमै रमाइरहनुभएको छ । “यत्तिका राम्रो सुन्तला उत्पादन हुँदैनथे भने त म बसाइँ सरिसकेको हुन्थेँ । यिनले दिने आम्दानी सम्झेर अडिएको छु,” पाँचथरको फाल्गुनन्द–७ का लीलावल्लभले भन्नुभयो ।
सङ्क्रमणकालीन न्याय व्यवस्थापनका लागि गठन भएका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट काम हुन नसकिरहेको सरोकारवालाको गुनासो छ ।
उच्च शिक्षा अध्यननका नाममा संयुक्त अरब इमिरेट्स (युएई) पुगेर ठगिएका विद्यार्थीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छानबिन सुरु गरेको छ ।
न्याय सेवा आयोगले जिल्ला न्यायाधीशमा २० जनाको नाम सिफारिस गरेको छ । खुला तथा समावेशी समूहबाट पदपूर्तिका लागि २१ जनाका लागि आवेदन माग भएकामा २० जनाको नाम सिफारिस भएको हो । खुला, आन्तरिक खुला र समावेशी गरी लिखित परीक्षामा २७ जना अन्तर्वार्ताका लागि छनोट भएका थिए । लिखित परीक्षाको अङ्क र अन्र्वार्तापछि आयोगले एकमुस्ट रूपमा सोमबार न्यायाधीशका लागि सिफारिस गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी (उनेपा) र बालेन्द्र शाहबीच एकतासम्बन्धी त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
यातायात व्यवस्था कार्यालय, भरतपुर चितवनमा कार्यरत कार्यालय सहयोगीले घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
सुनजस्तै देखिने धातुको डल्लो देखाई ठगी गरेको अभियोगमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच पार्टी एकीकरण गर्ने सहमति भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण, सुदृढीकरण तथा समाजवादको दिशामा अग्रसर हुने साझा उद्देश्यका साथ दुवै पार्टीबीच सहमति–पत्रमा हस्ताक्षर गरिएको हो।
पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा राहुलले ६ अन्डर ६६ खेल्दै शीर्षस्थानमा पाँच स्ट्रोकको अग्रतामा बनाउनुभएको हो ।