गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १५ गते। न्याय सेवा आयोगले जिल्ला न्यायाधीशमा २० जनाको नाम सिफारिस गरेको छ । खुला तथा समावेशी समूहबाट पदपूर्तिका लागि २१ जनाका लागि आवेदन माग भएकामा २० जनाको नाम सिफारिस भएको हो । खुला, आन्तरिक खुला र समावेशी गरी लिखित परीक्षामा २७ जना अन्तर्वार्ताका लागि छनोट भएका थिए । लिखित परीक्षाको अङ्क र अन्र्वार्तापछि आयोगले एकमुस्ट रूपमा सोमबार न्यायाधीशका लागि सिफारिस गरेको हो ।
आयोगको एकमुस्ट योग्यताक्रम अनुसार शिशिकुमार यादव, शिवप्रसाद आचार्य, ताराप्रसाद डाँगी, हीरालाल भुसाल र डिल्लीप्रसाद आचार्य न्यायाधीशका लागि सिफारिस भएका छन् । यस्तै गोपालबहादुर भट्टराई, सुमन पाण्डे, ठाकुरप्रसाद बस्ताकोटी, विकास बस्नेत, इन्दिरा कार्की, बाबुराम भट्टराई, टेकराम भुसाल र गोकुल पन्त न्यायाधीशमा सिफारिस भएका छन् ।
यस्तै सिफारिस हुनेमा वीरेन्द्रप्रकाश खड्का, महेन्द्रप्रसाद पौड्याल, वासुदेव पाण्डे, ललित सापकोटा, खेमकुमारी बस्नेत, कर्णबहादुर राई र हीरामाया अवाल न्यायाधीशमा सिफारिस हुनुभएको छ । सिफारिस भएका न्यायाधीशको पदस्थापन भने बाँकी छ ।