• १५ पुस २०८२, मङ्गलबार

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, पुस १५ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य बढेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ६७ पैसा र बिक्रीदर १४४ रुपियाँ २७ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपियाँ र बिक्रीदर १६९ रुपियाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपियाँ ८८ पैसा र बिक्रीदर १९४ रुपियाँ ६९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपियाँ ७० पैसा र बिक्रीदर १८२ रुपियाँ ४६ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ २४ पैसा र बिक्रीदर ९६ रुपियाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपियाँ ९२ पैसा र बिक्रीदर १०५ रुपियाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ७७ पैसा र बिक्रीदर ११२ रुपियाँ २३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ १९ पैसा र बिक्रीदर नौ रुपियाँ २३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ५१ पैसा र बिक्रीदर २० रुपियाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ३० पैसा र बिक्रीदर ३८ रुपियाँ ४६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ४१ पैसा र बिक्रीदर ३९ रुपियाँ ५८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५७ पैसा र बिक्रीदर चार रुपियाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ १२ पैसा र बिक्रीदर ३९ रुपियाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ३९ पैसा र बिक्रीदर ३५ रुपियाँ ५३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ र बिक्रीदर १० रुपियाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६५ पैसा र बिक्रीदर १५ रुपियाँ ७१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ६३ पैसा र बिक्रीदर २२ रुपियाँ ७३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपियाँ ४८ पैसा र बिक्रीदर १८ रुपियाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रुपियाँ १० पैसा र बिक्रीदर ४६९ रुपियाँ ०५ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपियाँ ९९ पैसा र बिक्रीदर ३८२ रुपियाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपियाँ १७ पैसा र बिक्रीदर ३७४ रुपियाँ ७३ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको  छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस