महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित विभिन्न बजारहरुमा मङ्गलबार बिहानैदेखि जेनजीको समर्थनमा प्रदर्शनहरु भइरहेको छ । प्रदर्शनकारीहरुले जलेश्वर जनकपुर सडकखण्डलाई समेत अवरुद्ध पारेका छन् ।
काठमाडौंमा सोमबार भएको प्रदर्शनमा घाइते भएकाहरूका लागि रगतको अभाव भएको जानकारी आएपछि लायन्स क्लब अफ कोर सिटी तथा विभिन्न संघ संस्थाले क्षेत्रपाटीमा आपतकालीन रगतदान आयोजना गरेका छन् ।
जेनजी पुस्ताले मोरङ जिल्लाका विभिन्न स्थानमा भइरहेको आन्दोलन र त्यस क्रममा हिंसात्मक गतिविधि बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै विराटनगरका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्युको समयावधि थप गरेको छ । सोमबार राति ९ बजेदेखि मङ्गलबार बिहान ९ बजेसम्मका लागि जारी गरेको कर्फ्यु आदेशको समय बढाएर मङ्गलबार बिहान ११ देखि बेलुकी ६ बजेसम्म थप गरेको हो ।
सर्वोच्च अदालतले ‘कर्फ्यू’ लागेकाले अदालतमा नियमित पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ स्थगित गरेको छ ।
जेनजी पुस्ताको प्रदर्शन चर्किँदै गएपछि तनहुँमा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, तनहुँले सदरमुकाम दमौलीमा निषेधाज्ञा जारी गरेको हो ।
तनहुँको सदरमुकाम दमौलीमा मङ्गलबार जेनजी पुस्ताले शान्तिपूर्ण प्रदर्शन गर्दै आफ्नो आवाज बुलन्द गरेका छन् । विभिन्न क्याम्पसका विद्यार्थी, युवा समूह र सामाजिक सञ्जालमार्फत सक्रिय युवाहरू सडकमा उत्रिएर भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शन गरेका हुन् ।
काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएपछि आज पुँजीबजारको कारोबार स्थगित गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक सूचना जारी गर्दै सोमबारको कारोबार स्थगन गरिएको जनाएको हो ।
जेनजी आन्दोलनका कारण नेपालमा १९ जनाको मृत्यु भएपछि भारतीय सुरक्षाकर्मीहरुले यहाँस्थित नेपाल भारत नाकामा हाइ अलर्ट जारी गर्दै सुरक्षा चेकजाँचमा कडाई गरेका छन् ।
उद्योगा वाणिज्य संघ नवलपुरले जिल्लाका सम्पूर्ण उद्योगधन्दा, कलकारखाना र पेशा व्यवशाय बन्द गर्न सम्पूर्ण मातहतका व्यवसायीहरुलाई निर्देशन दिएको छ ।
जेनजी पुस्ताले मङ्गलबार बागलुङ बन्द गरेका छन् । बन्दका कारण बजार क्षेत्र ठप्प बनेको छ । पसलहरु बन्द भएका छन् भने सवारी साधनहरु सञ्चालन भएका छैन ।
जेनजी लगायत नयाँ पुस्ताको आन्दोलन चर्किरहेको अवस्थालाई मध्यनजर गरी बसेको सुदूरपश्चिम प्रदेशको शान्ति, सुरक्षा सम्बन्धी बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिनु भएको छ ।
सोमबार काठमाडौँसहित देशका विभिन्न स्थानमा जेनजीको प्रदर्शनका क्रममा मृत्यु भएका विद्यार्थीको आत्मा शान्तिको कामना गर्दै शोक बिदा दिएका छन् ।
रौतहटको विभिन्न ठाउँमा मङ्गलबार जेनजीले प्रदर्शन सुरु गरेका छन् ।