स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमाका प्रावधानहरू सुधार एवं परिमार्जनका लागि गृहकार्य भइरहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा बल प्रयोगसम्बन्धी आफूले कुनै पनि लिखित वा मौखिक आदेश नदिएको बताउनुभएको छ ।
चार वर्षीय नाबालक छोराको हत्या आरोपमा राजविराज नगरपालिका-१, चनौरा पडरियाकी काजलकुमारी साफी पक्राउ परेका छन्।
दक्षिण कोरियाली राष्ट्रपति ली जे-म्युङले सोमबार देशको परम्परागत राष्ट्रपति दरबार चेओङ वा डे (ब्लु हाउस) भ्रमण गर्नु भएको छ । यो उहाँले जुनमा पदभार सम्हालेपछि पहिलो पटक उक्त दरबार पुग्नु भएको अवसर हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया र जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले संयुक्त रुपमा राजमार्गमा सूचना बोर्ड स्थापना गरेको छ ।
धनकुटा महालक्ष्मी नगरपालिकाले मध्य महालक्ष्मी सडक कालोपत्रे गर्न सुरु गरेको छ । जितपुर बजारबाट सङ्खुवासभाको धर्मदेवी नगरपालिका जोड्ने करिब १०.५ किलोमिटर मध्ये पाँच किलोमिटर सडक कालोपत्रे यो वर्ष हुने पालिकाले जनाएको छ ।
उत्तर कोरियाले सोमबार समुद्रतर्फ लामो दूरीको रणनीतिक क्रुज मिसाइल प्रहार गरेको दाबी गरेको छ । देशको आणविक प्रतिरोध क्षमताको परीक्षणका रूपमा गरिएको यो प्रक्षेपण उत्तर कोरियाले पहिलो आणविक-सञ्चालित पनडुब्बी निर्माणमा प्रगति देखाएको केही दिनपछि सार्वजनिक भएको हो ।
सम्झौताअनुसार केटिएम सिटीले एनएफसिएमा आबद्ध ए, बी र सी डिभिजन क्लबलाई आवश्यक पर्ने खेल पोशाक लगायत सामग्री ५० प्रतिशत छुटमा प्रदान गर्नेछ । हाल एसोसिएसनमा ३० वटा क्लब आवद्ध रहेको एसोसिएसनका अध्यक्ष कर्माछिरिङ शेर्पाले बताउनुभयो ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ अन्तर्गतको मिनी गोसाइँकुण्ड क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित १०८ धारा निर्माण कार्य सुरु गरिएको छ ।
संविधान र राष्ट्रिय शिक्षा नीतिले शिक्षालाई मौलिक हकको रूपमा उठाए पनि नेपालका श्रवणदृष्टि विहीन (बहिरा-दृष्टिविहीन)बालबालिका अझै पनि समावेशी र गुणस्तरीय शिक्षाको पहुँच बाहिर बस्नु परेको सरोकारवालाले बताएका छन् ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकता दिँदै रणनीतिक सडक सञ्जाल विस्तार कार्यलाई तीव्रता दिएको छ। गाउँपालिका –५ स्थित सिसवामा निर्माणाधीन रणनीतिक बाटो र पक्की नाली निर्माणको काममा अहिले तीव्रता दिएको हो।
तराई–मधेशमा शीतलहर बढ्दै गएपछि लहान नगरपालिकाका सामुदायिक विद्यालयहरू बन्द गरिएको छ । विपन्न समुदायलाई शीतलहरबाट जोगाउन लहान नगरपालिकाले फाइवर सिरक वितरण गर्ने कामलाई निरन्तरता दिइरहेको छ ।
कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलौरी नगरपालिका–७, पौलाहका २८ वर्षीय हरिना चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।
गाजा क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण एक बालक र एक महिलाको ज्यान गएको छ ।
लायन्स क्लब अफ लमजुङ बेँसीसहरले बेँसीसहर नगरपालिका–७ स्थित लक्ष्मी बाल मन्दिर विद्यालयका विद्यार्थीलाई जुत्ता–मोजा र टोपी वितरण गरेको छ ।