शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विनय कर्ण
कल्याणपुर (सप्तरी), पुस १४ गते । चार वर्षीय नाबालक छोराको हत्या आरोपमा राजविराज नगरपालिका-१, चनौरा पडरियाकी काजलकुमारी साफी पक्राउ परेका छन्।
चार वर्षीय छोरा सौरभलाई विषादी खुवाई ज्यान लिएको आरोपमा २५ वर्षीया साफीलाई आइतबार घरबाटै प्रहरीले पक्राउ गरेको हो । सप्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनु भयो ।
साफीका ससुरा मणिलाल साफीले दिनु भएको जाहेरीको आधारमा २०८२ वैशाख १९ गतेको सप्तरी जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएको आधारमा काजललाई प्रक्राउ गरी अनुसन्धान थालिएको उहाँले बताउनु भयो ।