रूसको अन्तरिक्ष निकाय रोस्कोसमोसका अनुसार सोमबार सोयुज रकेटमार्फत ५२ वटा उपग्रह सफलतापूर्वक आफ्नो निर्धारित कक्षमा प्रक्षेपित भएका छन् । रकेट प्रक्षेपण आइतबार दिउँसो भोस्तोच्नी अन्तरिक्ष स्थल, आमुर प्रदेशमा सम्पन्न भएको थियो ।
ताप्लेजुङमा भिरबाट लडेर सोमबार एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको सिरिजङ्घा गाउँपालिका–६, मामाङ्खे सुक्तेन टोलका ३० वर्षीय विजय लिम्बूको भिरबाट लडेर मृत्यु भएको हो ।
गोरखाको सिरानचोक गाउँपालिका–२ का किसानहरू पछिल्लो समय अलैँची खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत अन्नबालीबाट अपेक्षित आम्दानी नहुदाँ बैकल्पिक नगदेबालीको खोजीमा रहेका किसान अलैची खेतीलाई दीर्घकालीन र फाइदाजनक बिकल्पको रुपमा अपनाउन थालेका हुन् ।
धर्मी हल्फा महिला विकास क्लब सप्तरीले छिन्नमस्ता गाउँपालिका–३, गोविन्दपुरका अग्नि पीडित परिवारलाई सोमबार राहत वितरण गरेको छ ।
गुल्मीको शान्तिपुरमा ३९० घण्टे आधारभूत मन्टेश्वरी तालिम सुरु भएको छ । तालिमको चन्द्रकोट गाउँपालिका प्रमुख युवराज केसीले गर्नुभयो । उहाँले तालिमलाई व्याबहारिक र उपलब्धिमूलक बनाउन सहभागीलाई आग्रह गर्नुभयो ।
घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम अहिले तीव्र रूपमा अघि बढेको छ । अहिले सो सडकखण्डको सौडिकुलादेखि गुर्जेखोलासम्मको सडकमा दुवैतर्फ सडक कटिङ, माटो ‘फिलिङ्ग’ गर्ने र रोलिङ गर्ने काम भइरहेको छ ।
चीन र नेपालबिच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका अवसरमा चीनको बेइजिङमा ‘हिमाल वारिपारिको संवाद : चीन–नेपाल थान्का तथा पौभा संग्रह’ हिमाल वारिपारिको सम्वाद नामक पुस्तक विमोचन तथा कला प्रदर्शनी सम्पन्न भएको छ ।
नेपाल चिकित्सक सङ्घले माइतीघरमा अनशनरत डा.कमल भुसाल (निकोलस भुसाल) को जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।
गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत सहमति दिएको छ।
मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु हुनुका साथै ९८ जना घाइते भएको मेक्सिकन नौसेना सचिवालयले जनाएको छ ।
जुम्लाको हिमा गाउँपालिकामा नेपाल टेलिकमको टावर निर्माण भई सुचारु भएको छ ।
इरानले कृषि तथा वातावरणीय अध्ययनका लागि स्वदेशमै निर्माण गरिएका तीन उपग्रहलाई रुसबाट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यस प्रक्षेपणले इरानको अन्तरिक्ष कार्यक्रम विस्तार हुँदै गएको सङ्केत दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन सङ्कट समाधानका लागि हुने शान्ति सम्झौतामा कुनै निश्चित समयसीमा नरहेको बताउनुभएको छ ।
गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटिन)ले १४ औं स्थापना दिवस मनाएको छ ।
इन्डोनेसियाको सुलावेसी टापुको मानाडो शहरमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।