• १४ पुस २०८२, सोमबार

अग्नि पीडितलाई राहत सहयोग

blog

अग्नि पीडितलाई राहत वितरण गर्नु हुँदै ई. सूर्यनारायण यादव । तस्बिरः सुधा देव

सुधा देव

भारदह (सप्तरी), पुस १४ गते । धर्मी हल्फा महिला विकास क्लब सप्तरीले छिन्नमस्ता गाउँपालिका–३, गोविन्दपुरका अग्नि पीडित परिवारलाई सोमबार राहत वितरण गरेको छ ।

पीडित परिवारलाई तत्काल आवश्यक सामग्री त्रिपाल, साडी, थाल, गिलास, कराही, पुन्यू बाल्टीन, मगसहित आवश्यक भाडाकुँडा खाद्यान्न सामग्री, बाल्टिन, मग, म्याट्रेस लगायतका सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष सूर्यनारायण यादवले जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो, “अति विपन्न आगलागी पीडित परिवारलाई यस्तो शीतलहरमा दुई छाक टार्न समस्या नहोस् भन्ने उद्देश्यले राशन वितरण गरेको हुँ ।” पुस १० गते आगलागी भएर स्थानीय मो. रहमत मियाँको घरको धान, गहुँ, लत्ता कपडा, भाँडाकुडा रूपियाँ पैसा गरी २ लाख ६५ हजारको बराबरको क्षति भएको थियो ।