उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –२, छोसेरका २८ वर्षीय पेमा छिरिङ गुरूङले सिकर्मी छोडेर कोरला नाकामा व्यवसाय सुरू गर्नुभयो । छोसेर र लोमान्थाङ क्षेत्रमा सार्वजनिक भवन, ब्यक्तिगत घर बनाउन जाने गुरूङ दुई बर्ष अघिदेखि नेपाल–चीन जोड्ने उत्तरी कोरला नाकास्थित दसगजा क्षेत्रमा ब्यापार गरिरहनुभएको छ ।
पश्चिम गुल्मीको मदाने गाउँपालिकाले जातीय विभेद अन्त्यका लागि सहभोजको आयोजना गरेको छ ।
प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी परिचरको आज बिहान मृत्यु भएको छ ।
हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा १९ औँ संस्करणमा आइपुग्दा चितवन हात्ती तथा पर्यटन महोत्सव ‘चितवनको पर्याय’ का रुपमा विकास भएको छ ।
जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन् ।
आगलागीबाट पीडित छिन्नमस्ता गाउँपालिका-३, मुस्लिम टोलका अग्निपीडित मो. रहमत मियाँको परिवारलाई राहत सामग्री वितरण गरिएको छ।
अन्नपूर्ण गाउँपालिका–८ राम्चेका युवाले सरकारी बजेटमा सहयोग र श्रमदान जुटाएर व्यवस्थित खेलमैदान निर्माण गरेका छन् ।
म्याग्दीको सदरमुकाम बेनी बजारबाट पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जोड्ने बेनी–दरवाङ सडकको वैकल्पिक मानिएको महारानीथान–छाप–डाडाखेत–ठूलोखोला सडकको टुनीखर्क खण्डमा स्तरोन्नति थालिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले लामो अस्थिरता र उथलपुथलपछि अब देश बनाउने बेला आएको बताउनुभएको छ ।
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज मुख्य राजनीतिक दललगायतले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने तयारी गरेका छन् ।
आर्थिक सदाचारलाई केन्द्रमा राखेर गरिएको विद्यावारिधि (पीएचडी) अनुसन्धानले नेपालको सार्वजनिक प्रशासन सुधारका लागि नयाँ बाटो देखाएको छ ।
मोरङको उर्लाबारी नगरपालिकाले वडा १ का तोरी खेती गर्ने किसानलाई १६ लाख मुल्य बराबरका कृषि उपकरण र बीउ प्रदान गरेको छ ।
धनकुटामा अलैँची खेती गरिएको जमिन बढेसँगै उत्पादनको अवस्था बढेको तथ्याङ्क पाइएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको शिक्षाको गुणस्तर सुधार अनिवार्य भएको बताउनुभएको छ ।
लमजुङको दोर्दी गाउँपालिकाले १४ जना किसानलाई सम्मान गरेको छ । प्रथम दोर्दी महोत्सवको अबसरमा पालिकाका कृषि क्षेत्रका विभिन्न विधाबाट उत्कृष्ठ किसान छनोट गरी सम्मान गरिएको हो ।