• १४ पुस २०८२, सोमबार

आगलागीबाट पीडित परिवारलाई राहत वितरण

blog

पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरिँदै । तस्बिर : विनय कर्ण

विनय कर्ण

कल्याणपुर (सप्तरी), पुस १४ गते । आगलागीबाट पीडित छिन्नमस्ता गाउँपालिका-३, मुस्लिम टोलका अग्निपीडित मो. रहमत मियाँको परिवारलाई राहत सामग्री वितरण गरिएको छ। पीडित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले धार्मिक हल्फा महिला विकास क्लब सप्तरीले राहत सामग्री वितरण गरेको हो।

अग्निपीडित परिवारलाई त्रिपाल, साडी, थाल, गिलास, डेकची, कराही, छोलनी, खाद्यान्न, बाल्टिन, मग, म्याट्रेसलगायतका आवश्यक सामग्री सहयोग स्वरूप हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष तथा समाजसेवी ई. सूर्य नारायण यादवले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय सखडाका प्रहरी नायब निरीक्षक रामकुमार यादव, मो. याकुव तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले आगलागी पीडित परिवारलाई सहयोग गर्दै यस्ता मानवीय कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनु भयो । 

पुस १० गते मो. रहमत मियाँको घरमा भएको आगलागीबाट करिब २ लाख ६५ हजार रुपियाँ बराबरको धन–माल क्षति भएको थियो ।