उज्बेकिस्तानको राजधानी तास्कन्द नजिकको अङ्ग्रेन् क्षेत्र हुँदै जाने तास्कन्द-ओश अन्तरदेशीय राजमार्गमा सेप्टेम्बर ८ आइतबार एक गम्भीर सवारी दुर्घटना भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले थारू आयोगका सदस्य डा. उमाशंकर प्रसाद चौधरीको राजीनामा स्वीकृत गर्नुभएको छ । राष्ट्रपति कार्यालयका उपसचिव तथा सूचना अधिकारी अर्चना खड्का अधिकारीका अनुसार डा. चौधरीले थारु आयोगको ऐन, २०७४ दफा ४ को खण्ड (क) बमोजिम उक्त आयोगको सदस्यबाट भदौ २२ गते राजीनामा दिनुभएको थियो ।
नेपाल चिकित्सक संघले संयमताका साथ अस्वाभाविक घटना नियन्त्रण गर्न अपिल गरेको छ। संघका महासचिव डा. सन्जिब तिवारीले प्रेस विज्ञप्ति निकाल्दै सरकारलाई संयमताका साथ अस्वाभाविक घटना नियन्त्रण गर्न अपिल गर्नुभएको हो।
युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्न कूटनीतिक प्रयास ठप्प भइरहेका सन्दर्भमा, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसविरुद्ध दोस्रो चरणको प्रतिबन्ध लागू गर्ने दिशामा ह्वाइट हाउस तयार रहेको जानकारी दिनुभएको छ ।
जेनजी पुस्ताको प्रदर्शन तनावग्रस्त स्थितिमा पुगेपछि समाचार संकलनका क्रममा त्यहाँ रहेका चार जना पत्रकार घाइते भएका छन् । नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालका अनुसार घाइते पत्रकारको अस्पतालमा उपचार भइरहेको छ ।
जापानको टोकियोमा हुने २०औँ विश्व एथलेटिक्स च्याम्पियनसिपमा मुकेशबहादुर पालले प्रतिस्पर्धा गर्नु हुनेभएको छ ।
बुटवलदेखि भैरहवा क्षेत्रभित्र सोमबार अपरान्ह ४ बजेदेखि रातिको १० बजेसम्म कर्फ्यू जारी भएको छ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका दुई जना उत्कृष्ट विद्यार्थीलाई अमरनाथ झा स्मृति पुरस्कार-२०८२ प्रदान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ‘जेन जी’ प्रदर्शन कसको नेतृत्वमा भइरहेको विषय प्रष्ट नआएको बताएको छ।
काठमाडौँ उपत्यकामा आज ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औँ संस्करणलाई अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीले सहप्रायोजन सहयोग गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार जेनजी आन्दोलनमा घाइते भएका नागरिकको ज्यान बचाउन जुनसुकै उपचार निःशुल्क गर्न मातहतका सबै संघीय अस्पताललाई परिपत्र गरेको छ।
स्पेनिस स्टार अल्कारेजले फाइनलमा विश्व नम्बर एक साविक विजेता इटालियन खेलाडी यानिक सिनरलाई ३–१ को सेटमा हराउनुभयो ।
गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्कीमा प्रशासनले निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माबाट जारी निषेधाज्ञा सोमबार दिउँसो २ बजेबाट अर्काे आदेश नभएसम्म जारी रहने सूचना जनाइएको छ।
सामाजिक सञ्जाल सञ्चालनको माग गर्दै कञ्चनपुरको महेन्द्रनगरमा युवाहरूले प्रदर्शन गरेका छन् । सोमबार महेन्द्रनगरमा युवाहरूले सरकारले सामाजिक सञ्जाल फुकुवा हुनुपर्ने मागसहित विरोध प्रदर्शन गरेका हुन् ।