नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपालमा समाजवादका बारेमा दलहरूले फरकफरक व्याख्या गरिरहेको बताउनुभएको छ ।
रौतहटको बौधीमाइ नगरपालिका–६ का वडाध्यक्ष गगनदेव राय यादवको मृत्यु भएको छ । आइतबार साँझ करिब ७ः१५ बजे करेन्ट लागेर घाइते हुनुभएका यादवको उपचारको क्रममा ८ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।
बैतडीको सिगास गाउँपालिका–२, पेडेगोदामा एक युवकले आफ्नै काकीको बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिका– ८ का वडाध्यक्ष सम्पर्कविहीन भएपछि खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।
जिल्ला कारागार धनकुटामा क्षमताभन्दा करिब चार गुणा बढी कैदीबन्दी हुँदा समस्या भएको पाइएको छ । आवश्यक पर्ने क्षमताभन्दा बढी कैदीबन्दी हुँदा उनीहरुको दैनिक जीवन कष्टकर बनेसँगै समस्या भएको पाइएको हो ।
यहाँस्थित नेपाल–भारत जमुनाहा नाका मानव बेचविखनको उच्च जोखिममा रहेको पाइएको छ । जोखिममा रहेको नेपालगन्जस्थित नेपाल भारत सीमा नाका जमुनाहाबाट गत एक वर्षको अवधिमा मात्रै बेचविखनको जोखिममा रहेका १५ सय ३८ जनाको उद्धार गरिएको छ ।
सिन्धुली जिल्लाको विभिन्न स्थानमा सञ्चालित पोषण सुधार परियोजना प्रभावकारी बनेको छ । स्थानीय सकारको समन्वयमा जिल्लाको तीनपाटन, फिक्कल र गोलन्जोर गाँउपालिकामा विगत पाँच वर्षदेखि सञ्चालित उक्त परियोजनाका कारण कुपोषित बालबालिकाको स्वास्थ्यमा सुधार आउनुका साथै विपन्न परिवारको जीविको पार्जनमा समेत सहयोग पुगेको छ ।
जापानीज इन्सेफ्लाइटिस सङ्क्रमणबाट बर्दघाट सुस्तापश्चिम नवलपरासीेमा तीन जनाको मृत्यु नौ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।
दैलेख सदरमुमकाम परिषरमा जोडिएका खानेपानीको धारा काटिएको छ । लामो समयदेखि खानेपानीको बक्यौता महसुल नबुझाएको भन्दै नारायण नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सदरमुकाम परिषरमा जोडिएको खानेपानिको धारा काटिदिएको हो ।
चालु आर्थिक वर्षको दुई महिना बित्न लागेको छ । तर मधेश प्रदेशका ३९ पालिकाले अहिलेसम्म चालु आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट ल्याउन सकेको छैन ।
सिराहामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सिराहा नगरपालिका–१९ स्थित जोगिया टोलकी ५० वर्षीया सुलेनादेवी मण्डलको आइतबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।
अपाङ्ता भएका व्यक्तिलाई समाजमा सम्मानपूर्वक जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले व्यास नगरपालिकाले दीर्घकालीन योजना अघि बढाएको छ । दीर्घकालीन योजना अनुसार नगरपालिको सञ्चालनमा ल्याएको ‘अपाङ्ता सहायता कक्ष’ सो योजनाको आधारस्तम्भ मानिएको छ ।
मोरङको केराबारी–५, सतिसालेका २८ वर्षीय राजु राई अहिले नयाँ प्रविधिबाट मौरीपालन गरिरहनुभएको छ । बजारमा स्थानीय सेरेना जातका मौरीको महको माग उच्च छ । नस्ल सुधार गरिएका मेलिफेरा जातका मौरीभन्दा
रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा कमलराज भट्टराई निर्वाचित हुनुभएको छ ।
छोराछोरीको उमेर अनुसार यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा सल्लाह दिनका लागि बर्दियाको गुलरियामा बुवा बैठक सम्पन्न भएको छ । किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी चेतना फैलाउने उद्देश्यले बर्दियाको गुलरियामा बुवा बैठक आयोजना गरिएको हो ।