लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजामती सेवालाई जनउत्तरदायी बनाउनुपर्ने बताउनुभएको छ । प्रदेश निजामती सेवा दिवसका अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री आचार्यले निजामती सेवालाई प्रविधिमैत्री र समयसापेक्ष बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।
मोरङको रङ्गेली–८, दर्बेसामा निर्माणाधीन मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र (एकीकृत विपत् केन्द्र) को निर्माण १० महिनामा ६० प्रतिशत सकिएको छ । कोशी प्रदेश सरकारको प्रदे
बागलुङ नगरपालिका–६ मा रहेको धार्मिक पर्यटकीयस्थल सर्वसिद्धिधाम पञ्चकोट । तीन दशक पहिले चितुवा बस्ने ओडारमाथि २०७१ सालमा अनन्तश्री विभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)को नेतृत्वमा बृहत महायज्ञको आयोजना गरेर निर्माण थापिएको पञ्चकोटमा अहिले ५० करोड बढीको पूर्वाधार तयार भइसकेका छन् ।
बर्खा लागेपछि नेपालमा घुम्न आउने पर्यटकको सङ्ख्या घट्दै जाने गर्छ । यही असार १ गतेबाट घट्दै गएको मनाङ भित्रिने पर्यटकको सङ्ख्या भदौ सकिनै लाग्दा बढ्दै गएको छ । आर्थिक वर्ष सुरु भएसँगै साउन १ देखि भदौ २० सम्म ५६ देशका ४८४ पर्यटकले मनाङ भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत धारापानीस्थित पर्यटक चेकपोस्टका कार्यालय प्रमुख भूपेन्द्र गुरुङले बताउनुभयो ।
जाजरकोट जिल्ला सदरमुकाम खलङ्गामा बसपार्क नहुँदा गाडी पार्किङ्ग गर्नलाई समस्या भएको छ । जिल्लामा मोटरबाटो पुगेको २० वर्ष पुग्दा समेत यातायातका साधान राख्ने ठाउँ समेत छैन ।
गृहमन्त्री रमेश लेखकले बाढी विस्थापितका समस्याप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ । दोधाराचाँदनी नगरपालिकाका बाढी प्रभावित क्षेत्रको शनिबार स्थलगत निरीक्षणका क्रममा गृहमन्त्री लेखकले बाढीबाट बस्ती जोगाउन तटबन्ध निर्माणका लागि सरकारले आवश्यक बजेट विनियोजन गरेको बताउनुभएको हो ।
बागवानी अनुसन्धान केन्द्र राजीकोट, जुम्लाले दुई वटा नयाँ जातका लसुन सिफारिस गरेको छ । उच्च पहाडमा हुने फलफूल तथा तरकारीमा अध्ययन अनुसन्धान गर्दै आएको सो केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा ‘राजीकोट लसुन–१’ र ‘राजीकोट लसुन–२’ नामका जात सिफारिस गरेको हो ।
पोखरा महानगरपालि भित्र पर्ने (साविक लेखनाथ नगरपालिका) मा रहेको लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएर जानुका पराजुली अधिकारीले इतिहास रच्नुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
उदयपुरको चौदण्डीगढी नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न ऐलानी जग्गा नापजाँचलाई तीव्रता दिएको छ । नगरप्रमुख कालुमान लामा
यहाँका किसान व्यावसायिक कृषितर्फ आकर्षित भइरहेका छन् । कृषिमा कम भविष्य देख्नेका लागि अब यी किसान उदाहरणीय बन्न थालेका छन् । यहाँका किसानले कृषि व्यवसायबाट लाखौँ रुपैँया आम्दानी गरिरहेका छन् ।
चेपाङ समुदायले सामूहिक रुपमा न्वाङ्गी (छोनाम) पर्व मनाएका छन् । यहाँको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा आइतबार देशभरका चेपाङ भेला भएर सामूहिक रूपमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी न्वाङ्गी मनाएका हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनाधिकृत, जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग नगर्न तथा नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
सरकारले चाडपर्वको समयमा गुणस्तरीय उपभोग्य वस्तुको सहज र सुलभ आपूर्ति व्यवस्था गर्ने भएको छ ।
यहाँका कृषकलाई आलु खेतीतर्फ आकर्षित गर्न ‘खायन आलु’ उत्पादन क्षेत्र विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्र बागलुङले तीन वर्षदेखि निरन्तर खायन आलु उत्पादनका लागि जिल्लाको १० वटै स्थानीय तहमा क्षेत्र विस्तार गरेको हो ।