• १४ पुस २०८२, सोमबार

तीन विद्यालयका विद्यार्थीलाई पोषाक र शैक्षिक सामग्री वितरण

blog

अपाङ्ग तथा अभिभावकविहीन बालबालिकालाई शैक्षिक सामग्री विद्यालय पोषाक वितरण । तस्बिर : वासुदेव शर्मा

वासुदेव शर्मा 
जाजरकोट, पुस १४ गते ।
जिल्लाका तीन वटा विद्यालयमा पोषाक, शैक्षिक सामग्री वितरण गरिएको छ । नलगाड नगरपालिका–९ स्थित त्रिभुवन माध्यामिक विद्यालय तात्र, महादेव प्राथमिक विद्यालय घरङ्गा र जनस्वास्थ्य प्राथमिक विद्यालय बासकोटमा पठनपाठन गर्ने बालबबालिकालाई सामग्री वितरण गरिएको हो ।

भौगोलिक विकटता आर्थिक अवस्था कमजोर, अभिभावक गुमाएपछि जोखिममा परेका, अपाङ्गता भएका बालबालिकालाई पढाइमा सहयोग पुर्याउन तीन विद्यालयका ६८ जना विद्यार्थीलाई विद्यालय पोषाक, शैक्षिक तथा खेल सामग्री वितरण वितरण गरिएको छ ।  

पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष, समाजसेवी छवि पन्तका अनुसार व्यक्तिगत जिल्ला बाहिर रहेका साथीहरुको सहयोगबाट आपङ्ग बालबालिका, अभिभावक गुुमाएर जोखिममा परेका बालबालिकालाई सामग्री वितरण गरिएको छ । आर्थिक अभावका कारण बिहान बेलुकाको छाक टार्न समस्यामा परेका बालबालिकाको पठनपाठन नियमित बनाउन व्यक्तिगत रुपमा सामग्री खरिद गरी युवा समाजसेवी राजिव सिहको समन्वयमा शैक्षिक सामग्री गरी बालबालिकालाई दिएको छ ।

उहाँका अनुसार अपाङ्गता भएका बालबालिका अभिभावक गुमाएर सहाराविहीन भएपछि  छाक जुटाउन नसक्ने जोखिममा परेका बालबालिकालाई पठनपाठनमा सहज होस भन्ने उद्देश्यले रहेको बताउनुभयो ।  तीन वटा विद्यालयमा वितरण गरेको सामग्रीले जोखिममा परेका अपाङ्ग बालबालिकाको पढाइ प्रति हौसला बढ्ने विश्वास गर्नुभयो । साहाराविहीन, आर्थिक अभावका कारण पढाइ नियमित गर्न नसकेका बालबालिकाको पठनपाठनमा टेवा पुग्ने उहाँको भनाइ छ । 


विगतदेखि जोखिममा परेका बालबालिकाको शिक्षामा पहँुच पुर्याउन पाँचतारा युवा संरक्षक मञ्चअन्तर्गत सेभद चिल्ड्रेन, हेन्डीक्याप, वाल्र्डभीजनको साझेदारीमा शैक्षिक सामग्री, न्यानो कपडा, विद्यालयम पोषाक सहयोग गर्दै आएको छ ।