नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज काठमाडौँलगायत देशभरी भएको ‘जेनजी’ पुस्ताको आन्दोलनको क्रममा भएको जनधनको क्षतिको घटनाबारे दुःख व्यक्त गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान परिस्थितिको बारेमा गम्भीर चिन्ता व्यक्त गर्दै मुलुकभर सोमबार भएको जेन्जी पुस्ताको प्रदर्शनका क्रममा ठूलो संख्यामा नागरिकहरूको हताहत भएको घटनाले आफू मर्माहत भएको बताउनु भएको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा स्थगित गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयकाअनुसार भदौ २४, २५ र २६ गते (बिहान ७ देखि १० बजेसम्म र १२ बजेदेखि ३ बजेसम्म) हुने भनिएको स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) को परीक्षा स्थगित गरिएको हो ।
सोमबार देशका विभिन्न ठाउँमा भएको जेनजी प्रदर्शनबाट १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ ८ बजेसम्म देशभरिका विभिन्न अस्पतालबाट सङ्कलन गरेको तथ्यांक अनुसार जेनजी आन्दोलनबाट ४२२ जना घाइते हुनुका साथै १९ जनाको ज्यान गएको छ ।
सशस्त्र प्रहरी बल नेपाल पर्साले महिलालाई गोली हानेको अभियोगमा एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ ।
भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध देशव्यापी आन्दोलन भइरहेको बेला पाँचथरको सदरमुकाम फिदिममा जेनजी पुस्ताले प्रदर्शन गरेको छ।
ललितपुर जिल्ला प्रशासन कार्यालयले आज साँझ ६ः०० बजेदेखि लागू हुनेगरी केही स्थानमा सभा, जुलुस, धर्ना गर्न निषेध गरेको छ ।
आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ ।
सोमबार भएको जेनजीको प्रदर्शनका क्रममा घाइतेलाई रगतको अभाव हुन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रगतको उपलब्धताबारे अस्पताललाई जानकारी प्रदान गर्न ‘हटलाइन १११५’ रातभर सञ्चालन गर्ने भएको छ।
जेनजी’ पुस्ताको आन्दोलनमा सुनसरीको इटहरीमा आज दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालउका प्रवक्ता योगराज खतिवडाले मृतक करिब २५–२६ वर्षका रहेका भए पनि पहिचान खुल्न नसकेको बताउनुभयो ।
नियमित कार्यसूची तथा आज भएको ‘जेनजी’ पुस्ताको आन्दोलन र हिंसात्मक घटनालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आह्वान गर्नुभएको उहाँको सचिवालले जनाएको छ ।
नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा जेनजी प्रदर्शनमा घाइते भएका १३५ जनाको उपचार भइरहेको छ।
साँझपख न्युरोड क्षेत्रमा आन्दोलनको प्रभाव परेको हो। मुलसडकमा ढुंगामुढा भएपछि व्यापारीले सबै सटर बन्द गरेका छन्। केही समय बजार क्षेत्रमा भागदौड मच्चिएको थियो।
संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले सोमबार गाजाबारे इजरायली अधिकारीहरूले गरेको ‘नरसंहारको बयानबाजी’ प्रति कडा चेतावनी दिँदै त्यसको अन्त्यका लागि निर्णायक अन्तर्राष्ट्रिय कारबाही गर्न आह्वान गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले आज अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि इटहरी उपमहानगरपालिकामा निषेधाज्ञा आदेश जारी गरेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।