• १४ पुस २०८२, सोमबार

प्रहरी प्रधान कार्यालयका प्रहरी परिचरको मृत्यु

blog

काठमाडौँ, पुस १४  गते ।  प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी परिचरको आज बिहान मृत्य भएको छ । 

काठमाडौँको बुद्धनगर बस्दै आएका उदयपुरका प्रहरी परिचर बलबहादुर थापा मगरको आज बिहान मृत्य भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पनकुमार भट्टराईले जानकारी दिनु भयो ।

आज बिहान थापाकी श्रीमतीले कोठाभित्र घाँटीमा पासो लागेको अवस्थामा भेटेपछि उद्धार गरी एभरेस्ट अस्पताल पुर्‍याएकी थिइन् ।  चिकित्सकले तत्कालै थापालाई मृत घोषणा गरेको प्रवक्ता पवन भट्टराईले जानकारी दिनु भयो । 

उनको मृत्युबारे अनुसन्धान भइरहेको र अन्य आवश्यक प्रक्रिया अघि बढाइएको उहाँले बताउनु भयो । रासस