• १४ पुस २०८२, सोमबार

करेन्ट लागेर महिलाको मृत्यु

blog

भवानीदत्त भट्ट

कञ्चनपुर, पुस १४ गते । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलौरी नगरपालिका–७, पौलाहका २८ वर्षीय हरिना चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धोएको कपडा सुकाउने क्रममा बिजुलीको तार छुन गई करेन्ट लाग्दा घाइते हुनु भएका चौधरीको उपचारको क्रममा मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको उपचारका लागि बेलौरीस्थित श्रीपुर स्वास्थ्य चौकीमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको बताउनु भयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।