समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
सिरहा बरियारपटी गाउँपालिका वडा नम्बर २ श्रीपुरका सत्य नारायण साफीले मजदुरी गरेर एमबीबीएसमा नाम निकाल्न सफल भएपछि पढाइको खर्च जुटाइ दिन निरन्तर सहयोग भइरहेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुलुङ भाषा
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले लैङ्गिक हिंसामा परेका महिला, किशोरी तथा बालबालिकालाई उद्धार, राहत र सहयोग गर्न लैङ्गिक हिंसा निवारण कोष स्थापना गरेको छ ।
कोतगढीको मौन प्राङ्गणमा उभिएको सुन्दरी तोप दैलेख इतिहासको साक्षी हो । तत्कालीन समयमा युद्धको तयारीमा गर्जिएको यो तोप आजभोलि घामपानीको सिधा मार सहँदै खुला आकाशमै राखिएको छ ।
आफ्नै माटोमा भएको अथाहा सम्भावना नदेखेर दैनिक हजारौँ युवायुवती पलायन भइरहेकाबेला खोलामा बगेर खेर गइरहेको पानी सदुपयोग गरी यहाँका एक पूर्वप्रहरीले वार्षिक रु तीन करोड कारोबार गर्दै आउनुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्या निर्वाचनका लागि पश्चिम नवलपरासीमा कूल मतदाताको अन्तिममा नामावली सार्वजनिक भएको छ ।
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन् ।
कालीकोटमा एक हजार ७७२ नयाँ मतदाता थप भएका छन् । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ मतदाता नामवली सङ्कलनपछि कालीकोटमा एक हजार ७७२ जना थप भएका हुन् ।
यहाँको जुनीचाँदे गाउँपालिकाका कर्मचारीले छ महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन् । गाउँपालिकाभित्रका कार्यरत कर्मचारी, शिक्षक स्वास्थ्यकर्मी, सामाजिक सुरक्षा भत्ता, बाल पोषण भत्ता निकासा नगरेपछि समस्या भएको छ । लामो समय प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिका अध्यक्ष, उपाध्यक्षको झगडाका कारण कार्यरत कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, सामाजिक सुरक्षा भत्ता पाउन नसकेपछि चिन्तित भएका छन् । स्थायी, करार कर्मचारी तथा प्रावि, निमावि, माविका कार्यरत करिब ६०९ कर्मचारी छ महिनादेखि तलबविहीन छन् ।
मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको हो ।
डडेलधुरामा हालसम्म ९६ प्रतिशत बढी घरधुरीमा विद्युत् पुगेको छ । योसँगै सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरसहित डडेलधुरा पनि विद्युत् पहुँच भएको जिल्ला भएको छ । कैलाली र कञ्चनपुरमा शतप्रतिशत विद्युत् पुगेको छ । जिल्लाभर रहेका ३१ हजार १७२ घरधुरीमध्ये ३० हजार १५१ घरपरिवारमा विद्युत् पुगेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेलधुराका प्रमुख कपिल जोशीले बताउनुभयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै यहाँ विद्यालय केन्द्रित मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । नयाँ पुस्तालाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व र नागरिक कर्तव्यबारे जानकारी गराउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले यो कार्यक्रम सञ्चालन गरेको हो ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले हाम्रा मौलिक चाडपर्वहरु सम्पन्नताका परिचायक भएको बताउनुभएको छ । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्वको अवसरमा मङ्गलबार शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक मार्ग हुँदै माथिल्लो मुस्ताङ जान सकिने गरी यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १, २ र ३ नम्बर वडा जोड्ने (मुक्तिनाथ–तेताङ) चक्रपथ सडक निर्माण जारी छ ।