प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए)ले गाजा पट्टीमा करिब दुई लाख ३५ हजार मानिस हालै आएको बायरन आँधीबाट प्रभावित भएको जनाएको छ ।
म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनाको सुन्दर वस्ती । परम्परागत मौलिक शैलीमा निर्माण गरिएका ढुङ्गे घरहरुले ग्रामीण जिवनशैलीलाई झल्काउँछ ।
दुर्गम पहाडी तथा विकट भेगमा जहाँ सडक पहुँच छैन, एम्बुलेन्स सञ्चालन गर्न नसकिने र अस्पताल पुग्न दुई÷तीन दिन लाग्ने अवस्था छ, त्यहाँ नेपाली सेनाको हेलिकप्टर आकस्मिक उद्धारको महत्वपूर्ण माध्यम बनेको छ ।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री तथा बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी)की अध्यक्ष बेगम खालिदा जियाको ८० वर्षको उमेरमा मङ्गलबार बिहान निधन भएको छ । पार्टीले जारी गरेको विज्ञप्तिमा उहाँको निधन फजरको प्रार्थनापछि बिहान ६ बजे भएको जनाइएको छ ।
केही दिनदेखि पश्चिमी हावासँगै बाक्लो हुस्सु तथा शीतलहर हुन थालेपछि कपिलबस्तुमा अत्याधिक चिसो बढेको छ । चिसो बढ्दै गएपछि ग्रामीण बस्तीहरूको जनजीवन प्रभावित बन्दै गएको छ भने बजारमा चहलपहल समेत घटेको छ ।
अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र आधार शिविर पुग्ने मौरिस हर्जोग पदमार्गमा पर्यटकले फालेको फोहोर सङ्कलन गरिएको छ । पर्यटकीय सिजन असोजदेखि मङ्सिरसम्म आधार शिविरमा पुगेका पर्यटकहरुले फालेको फोहोर एकहप्ता लगाएर सङ्कलन गरिएको हो ।
आगामी फागुन २१ गतेको सङ्घीय निर्वाचनमा लमजुङमा एक लाख ३७ हजार एक सय २४ ले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय लमजुङले एक लाख ३७ हजार एक सय २४ जना मतदाता रहेको जनाएको हो ।
विवाहको प्रलोभन देखाई नाबालिका बलात्कार गरेको आरोपमा एक १७ वर्षीय युवक पक्राउ परेका छन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसारले परस्पर आत्मियता, भाइचारा, मेलमिलाप र सामाजिक सद्भावलाई थप प्रगाढ बनाउनमा सहयोग पुगेको विश्वास व्यक्त गर्नुभएको छ ।
म्याग्दीमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदानस्थलको स्थलगत निरीक्षणलाई तीव्र पारिएको छ ।
लमजुङ जिल्ला अदालतले विगतमा फैसला भई जरिवाना तोकिएको १० करोड ५० लाख ४७ हजार २६ रुपियाँ रकम असुल गर्न बाँकी रहेको छ । लमजुङ जिल्ला अदालतमा गत कात्तिक मसान्तसम्म यतिका रकम असुल गर्न बाँकी रहेको छ ।
तनहुँका गुरुङ समुदायले पर्व ‘तमु ल्होसार’ (नयाँ वर्ष) मङ्गलबार दमौलीमा भव्यताका साथ मनाएका छन् । पुस १५ को अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् तनहुँको आयोजनामा निस्किएको साँस्कृतिक झाँकी र र्यालीले दमौली बजारको रौनक बढाएको थियो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बाँके जिल्लाबाट तीन लाख ५१ हजारभन्दा बढी मतदाताले मतदान गर्ने भएका छन् ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मौलिक पर्वले समाजमा शान्ति, सामाजिक न्यायको भावना सुदृढ गर्दै लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकताको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने बताउनुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टी(नेकपा) म्याग्दीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित चुनावी अभियान थालेको छ । पार्टीका तर्फबाट सम्भावित उम्मेदवार र एकताको सन्देशसहित नेकपाले गाउँ केन्द्रित अभियान थालेको हो ।