सप्तरीको राजविराजस्थित रहेको कारागारको अवस्था बिहीबार सामान्य बनेको छ । कारागारको ताल्चा तोडेर एक सय ९३ जना कैदी बुधबार भागेपछि दिनभर तनावग्रस्त अवस्थामा रहेको कारागार अहिले सामान्य अवस्थामा बनेको राजविराज कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो ।
गुल्मीमा कतै विद्यालय सञ्चालन त कतै बन्द हुने अवस्था रहेको छ । जेनजी आन्दोलनको क्रममा विद्यार्थीको मृत्युको शोकमा बिदा गरिएका विद्यालय पछिल्लो परिस्थितिका कारण बन्द थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले देशमा हालै उत्पन्न विषम परिस्थितिलाई सम्बोधन गर्न संवैधानिक समाधान र राष्ट्रिय मेलमिलापको लागि आह्वान गर्नुभएको छ ।
प्रदर्शनका क्रममा सरकारी अड्डामा आगजनी र तोडफोड भएपछि नागरिकले दैनिक पाउने सेवा अनिश्चित बनेको छ । स्थानीय सरकारसँग प्रत्यक्ष जोडिएका कार्यालय, कम्प्युटर, इन्टरनेट सेवा र फाइलहरू नष्ट हुँदा तत्काल सेवाप्रवाह रोकिएको हो ।
जिल्ला कारागार महोत्तरीले कारागारबाट भागेका कैदीबन्दीहरुलाई स्वेच्छाले कारागार फर्किन आग्रह गरेपछि राति नै तीनजना कैदीबन्दी कारागार फिर्ता आएका छन् ।
यही भदौ २४ गते भएको भिषण आगलागीका कारण उच्च अदालत जनकपुर राजविराज इजलास र सप्तरी जिल्ला अदालतमा सम्पूर्ण मुद्दाको पेशी तथा अदालती काम–कारवाही अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
नेपाली सेनाले बिहीबार काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा निषेधाज्ञाा जारी गरेको छ । आज बिहान १० देखि बेलुका ५ बजेसम्म निषेधाज्ञा कायम गरिएको सेनाद्वारा जारी सूचनामा उल्लेख छ ।
बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ ।
तनहुँमा चर्किएको जेनजी आन्दोलनले सरकारी कार्यालयहरूमात्र होइन, न्यायालयलाई समेत ठप्प बनाएको छ । आन्दोलनकारीले मङ्गलबार साँझ तनहुँ जिल्ला अदालतमा आगजनी गरेपछि बुधबारदेखि अनिश्चितकालका लागि मुद्दा सुनुवाइ बन्द गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयले आगामी कात्तिक १० गतेसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।त्रिविका प्रमुख लिल्ली थापा क्षेत्रीद्वारा विज्ञप्तिमा आगामी कात्तिक ११ गतेदेखि त्रिविको पठनपाठन सञ्चालन हुने उल्लेख छ ।
मङ्गलबार जेनजी आन्दोलनका नाममा भएको तोडफोड, आगजनी र हिंसात्मक घटनाले अस्तव्यस्त बनेको मधेश प्रदेशको राजधानी जनकपुरधामको अवस्था बुधबार बिहानदेखि भने सामान्य बन्दै गएको छ ।
जेनजी समूहको आन्दोलनको मौका छोपी कर्णाली प्रदेशका दुई जिल्ला रुकुमपश्चिम र जुम्लाबाट कैदीबन्दी भागेका छन् । यसरी कारागारबाट कैदी भाग्न थालेपछि सुरक्षा व्यवस्था कमजोर बनेको छ । जुम्लाबाट ३६ जना र रुकुमपश्चिमबाट ८८ जना भागेका छन् । यद्यपि कतिपयलाई भने प्रहरी नियन्त्रणमा लिइसकेको छ भने अन्यको खोजी कार्य जारी राखेको जनाइएको छ ।
देशव्यापी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै यहाँको खाँदबारी नगरपालिकाले मातहतका कार्यालय दुई दिनसम्म बन्द रहने जनाएको छ ।
मुस्ताङमा उच्चघनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउको उत्पादन भइरहेको छ । यसपटक ‘पोस्ट हाभेस्ट’ अन्तिम चरणमा पुगेको छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका र जिल्ला अदालतले सेवा अनिश्चित कालका लागि बन्द गरेका छन् । जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक भई तोडफोड र आगजनीको घटनासँगै देशभरको परिस्थिति प्रतिकूल भएपछि फुङ्लिङ नगर र ताप्लेजुङ जिल्ला अदालतले सेवा बन्द गरेका छन् ।