नेकपा (एमाले) कि केन्द्रीय सदस्य एवम् काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले पुस्तान्तरणबारे युवा जमातलाई गहिरो अध्ययन गर्न सुझाव दिनु भएको छ ।
२४ भदौको जेनजी आन्दोलनमा प्रदर्शनकारीले आगजनी गरेर ध्वस्त बनाएको सुदूरपश्चिम प्रदेश सभाको भवन मर्मत सम्भार गरिएको छ ।
पूर्वराष्ट्रपतिद्वय डा रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुकको राष्ट्रिय स्वाभिमान खतरामा परेकाले सबै देशभक्त नेपाली चनाखो हुनुपर्ने बताउनु भएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मत ढिलाइ गरेमा निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने बताउनु भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले सांस्कृतिक विविधता नेपालको गौरव रहेको बताउनुभएको छ । मङ्गलबार तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको छ ।
शीतलहरका कारण सडक चिप्लो हुँदा पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा दुई दिनदेखि सवारी आवागमनमा समस्या भएको छ ।
कैलालीको बर्दगोरिया गाउँपालिका-२, बौनियामा ट्याटु हाउसभित्र युवक मृत भेटिएका छन्।
पाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले पछिल्लो समय विद्युत महसुल बक्यौता असुली र प्राविधिक सुधारको कामलाई तीव्रता दिएको छ ।
बुढानीलकण्ठ नगरपालिका–७, गोल्फुटार चोकमा आज भएको मोटरसाइकल दुर्घटना परी घाइते भएका चालकको मृत्यु भएको छ ।
कृषि तथा पशुपक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले च्याउ उत्पादन, प्रवर्धन तथा व्यावसायीकरण मन्त्रालयको प्राथमिकतामा रहँदै आएको बताउनुभएको छ ।
कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डिडिसी) र गोदावरी नगरपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।
पूर्वी गुल्मीको एक विद्यालयलाई ‘तीन तारा’ विद्यालय घोषणा गरिएको छ । यस जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–४ मा अवस्थित जिवनोद्वार माध्यमिक विद्यालय ‘तीन तारा’ विद्यालय घोषणा भएको हो ।
नेपाल मेडिकल काउन्सिलको निर्वाचनबाट उपाध्यक्ष पदमा डा. कुञ्जाङ शेर्पा विजयी हुनुभएको छ ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन्।