जिल्ला प्रशासन कार्यालय झापाले बिहीबार बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ । यसले वातावरण सामान्य बन्दैगएको छ ।
कारागार कार्यालय सप्तरीको गेट तोडेर बुधबार फरार भएका कैदीहरूमध्ये बिहीबार बिहानसम्म ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इजरायली सेनाले बिहीबार यमनबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र रोकेको जनाएको छ । यो कदम इजरायलले त्यहाँ हवाई आक्रमण गरी कम्तीमा ३५ जनाको ज्यान लिएर एक सय ३० भन्दा बढीलाई घाइते बनाएको एक दिनपछि आएको हो ।
जेनजी आन्दोलनको क्रममा देशभरका विभिन्न कारागार तोडफोड भएपछि हजारौँ कैदी फरार भइरहेका छन् । तर दाङको घोराही कारागार भने सुरक्षित रहेको जनाइएको छ ।
जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका चार जना कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ।
सीमित कर्मचारीमार्फत अत्यावश्यक बैँकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैँकले बैँक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।
जेनजी आन्दोलको क्रममा आन्दोलनकारीहरू झापाको प्रहरी कार्यालयहरूलाई नियन्त्रणमा लिएर विभिन्न इलाका प्रहरी कार्यालयहरुमा रहेका ९२ जना थुनुवाहरुलाई भगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापामा एक व्याक्तिको धारिलो हतियार प्रयोग गरेर हत्या भएको छ । बुधबार राति करिब ८ बजे मेचीनगर नगरपालिका– ७, गैरीगाउँमा ५० वर्षीय नारायण ज्ञवालीले आफ्नै घरको कोठामा दुवागढीका ४० वर्षीय मोहम्मद फौमोदिनलाई धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
रौतहटको गुजरा नगरपालिका सिमरा भवानीपुरले तीन दिन शोक बिदा दिएको छ ।
सिन्धुलीमा प्रहरीले बिहीबारसम्म कारागार कार्यालय फोरेर भागेका १६९ जना कैदीबन्दीलाई पक्राउ गरेको छ ।
जेनजी आन्दोलनका नाममा तोडफोड र आगजनीले अस्तव्यस्त बनेको तनहुँको सदरमुकाम दमौली बिहीबारदेखि फेरि सामान्यतर्फ फर्किन थालेको छ ।
नेपाली सेना लगायतका सुरक्षा निकायहरू परिचालनमा रहँदा सोमबार साँझदेखि मङ्गलबार बिहानसम्म विभिन्न स्थानमा सुरक्षा गतिविधि तीव्र बनेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रूपमा सञ्चालन भइरहेको छ ।
नव युवापुस्ता ‘जेनजी’ ले सुरु गरेको शान्तिपूर्ण प्रदर्शनले हिंसात्मक रूप लिन थालेपछि अशान्त बनेको स्याङ्जा सामान्य बन्दैगएको छ । पसलहरु पूर्णरुपमा खुलेका छन् भने नीजि सवारी साधनहरु चल्न थालेका छन् ।
जिल्लामा यस वर्ष धानखेतीको क्षेत्र घटेको छ । गत वर्ष बाह्र हजार १५४ हेक्टर क्षेत्रमा धानखेती भएकामा यस वर्ष ११ हजार पाँच सय हेक्टरमा मात्र धानखेती विस्तार भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।