ताप्लेजुङमा गुरुङ समुदायले तमू ल्होसार भव्यरुपमा मनाएका छन्। गुरुङ समुदायले सम्वत् फेरिएको रुपमा नयाँ वर्षलाई स्वागत गर्दै मङ्गलबार ‘तमू ल्होसार’ मनाएका हुन्।
मालपोत कार्यालय ताप्लेजुङले पाँच महिनाको अवधिमा एक करोड दश लाख रुपियाँ बढी राजस्व सङ्कलन गरेको छ।
ठेकी र मदानी काखीमा च्यापेर हिँड्दै गर्नुभएकी ललितपुरकी देवकुमारी गुरुङलाई नियाल्ने निकै थिए ।
मधेश प्रदेशमा बालविवाहको अवस्था भयावह रहेको भन्दै नियन्त्रणका लागि जनचेतनाको साथै छोराछोरीलाई शिक्षित बनाउनु पर्ने बक्ताहरुले बताएका छन् ।
निर्वाचन आयोगमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्द सूची पेस गर्ने राजनीतिक दल र निर्वाचन चिह्नको विवरण सार्वजनिक भएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूमाथि विद्यावारिधी गरिएको छ ।
अङ्ग्रेजी नयाँ वर्ष सन् २०२६ को अवसरमा पूर्वकै चर्चित पर्यटकीय स्थल कन्याममा ५ दिने ‘सूर्योदय फुड एण्ड कल्चरल फेस्टिवल’ सुरु भएको छ ।
काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
चिसो बढ्दै गएपछि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विद्यालय बन्द गरेको छ । नगरपालिकाले सूचना जारी गर्दै शुक्रवारसम्म विद्यालय बन्द रहने जनाएको छ ।
मुलुकको विकास र समृद्धिका लागि राजनीतिक दललगायत सबै जिम्मेवार बन्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।
सल्यानका एक समाजसेवीले दुईसय ८३ जनालाई न्यानो कपडा वितरण गर्नुभएको छ । आफ्नो पालिकाभित्रका विपन्न विद्यार्थी र अपाङ्गता भएका ब्यक्तिलाई जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा २ बेतेनिका जनकराज रानाले जाडो यामका लागि न्यानो कपडा सहयोग गर्नुभएको हो । उहाँ हाल अमेरिकामा बस्दै आउनुभएको छ।
आज बिहान ७ः३० बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अझै खुल्न सकेको छैन ।
पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा मङ्गलबार राहुलले पाँच अन्डर ६७ खेल्दै शीर्षस्थानमा सात स्ट्रोकको अग्रतामा बनाउनुभएको हो । ३६ होलको समाप्तिसँगै उहाँको कुल ११ अन्डर एक सय ३३ स्कोर छ ।
चीनले मङ्गलबार उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट सफलतापूर्वक नयाँ उपग्रह अन्तरिक्षमा पठाएको छ । लङ मार्च-४बी रकेटमार्फत प्रक्षेपण गरिएको ‘तियानहुई-७’ उपग्रह स्थानीय समयअनुसार दिउँसो १२ः१२ बजे उडान भरेको हो ।
नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले मुलुकको व्यवस्था जोगाउन र संविधान जोगाउन कांग्रेस र एमालेबिच सहकार्य अपरीहार्य भएको बताउनुभएको छ।