तनहुँको व्यास नगरपालिका–१, तालघरेस्थित डिहीगाउँ र रानीगाउँ जाने पक्की पुलमुनि फेला परेकी मृत महिलाको सनाखत हुन सकेको छैन ।
जेनजी समूहले जिल्लाका विभिन्न कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेपछि जिल्लाको कार्यालयहरू सञ्चालनमा समस्या भएको छ ।
जिल्ला कारागार जुम्लाबाट भागेका चार जना कैदीबन्दी फिर्ता भएका छन् । जिल्ला कारागारबाट भागेका ३६ जना कैदीबन्दीमध्ये चार जना फिर्ता भएका हुन् ।
रौतहट जिल्लास्थित रहेका सरकारी कार्यालयबाट प्रवाह हुने नियमित सेवा बन्द छ ।
दक्षिण कोरियाको जासुसी एजेन्सीले बिहीबार उत्तर कोरियाली नेता किम जोङ उनकी छोरी किम जु एलाई उहाँको औपचारिक उत्तराधिकारीका रूपमा मान्यता दिएको जनाएको छ ।
देशको राजधानीका विभिन्न कारागारबाट भागेका मध्ये ३५ कैदीबन्दीलाई आज बिहान धादिङको गजुरीबाट नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।
नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरू परिचालन भएपश्चात भदौ २५ गते बेलुका ६ बजेदेखि आज बिहान ६ बजेसम्म थप १९२ जना कैदीहरूलाई नियन्त्रणमा लिइएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले संयुक्त राज्य अमेरिकाले कोरियाली कामदारका लागि भिसा प्रणाली सुधार गर्न नसके कोरियाली कम्पनीले त्यहाँ लगानी गर्न वा हालको लगानीलाई निरन्तरता दिन हिचकिचाउने चेतावनी दिनुभएको छ ।
जिल्ला कारागार तनहुँबाट भागेका ३२७ कैदीबन्दीमध्ये १२ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले मङ्गलबार जारी गरेको अनिश्चितकालिन कर्फ्यूको आदेश केही खुकुलो पारेको छ।
गोरखा कारागारमा कैदीबन्दीको आन्दोलनपछि नेपाली सेना तैनाथ गरिएको छ ।
ताप्लेजुङस्थित पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण गरिएको हेल्थ डेस्क (स्वास्थ्य सहायता कक्ष) भवनमा आगजनी गरिएको छ ।
सोमबार र मङ्गलबार दुई दिन भएको प्रदर्शनको क्रममा घाइते भएका मध्ये ९४९ जना उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार एक हजार ३६८ जना घाइते भएकामध्ये ९४९ जना उपचारपछि डिस्चार्ज भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा तथा कर्फ्यूको समय घटाएको छ ।
सूचना प्रविधिको विकाससँगै प्रयोग भएका नयाँ शैलीले मानव बेचबिखनविरुद्धको अभियानमा चुनौती थपिएको छ ।