• १६ पुस २०८२, बुधबार

पुतलीबजार नगरपालिकामा आज शोक बिदा

blog

पुतलीबजार नगरपालिकाको कार्यालय । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा) पुस १६ गते ।
स्याङ्जाको पुतलीबजार नगरपालिकामा आज (बुधबार) शोक बिदा दिएको छ । नगरपालिकाको सफाई केन्द्रमा कार्यरत कर्मचारी गिता शिवाको निधन भएको भन्दै पालिकाले बुधबार सार्वजनिक (शोक) बिदा दिएको हो ।

पुतलीबजार नगरपालिका–१४ लामागे स्थायी घर भई नगरपालिकाको सरसफाई केन्द्रमा कार्यरत ३९ वर्षीय गिताको हृदयघातका कारणको निधन भएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले जानकारी दिनुभयो ।

पालिकाले नगरपालिकाअन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु तथा शिक्षण संस्थाहरुमा नगर स्तरीय निर्णयानुसार शोक बिदा दिइएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो । वडा तथा स्वास्थ्य केन्द्रहरुबाट अत्यावश्यक सेवाका लागि भने पालिकाले सहजीकरण गर्ने उहाँको भनाइ छ । विगत ६ वर्षदेखि पालिकामा कार्यरत गिताका श्रीमान् र एक छोरा रहेका छन् ।