जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका चार जना कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ।
सीमित कर्मचारीमार्फत अत्यावश्यक बैँकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैँकले बैँक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।
जेनजी आन्दोलको क्रममा आन्दोलनकारीहरू झापाको प्रहरी कार्यालयहरूलाई नियन्त्रणमा लिएर विभिन्न इलाका प्रहरी कार्यालयहरुमा रहेका ९२ जना थुनुवाहरुलाई भगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापामा एक व्याक्तिको धारिलो हतियार प्रयोग गरेर हत्या भएको छ । बुधबार राति करिब ८ बजे मेचीनगर नगरपालिका– ७, गैरीगाउँमा ५० वर्षीय नारायण ज्ञवालीले आफ्नै घरको कोठामा दुवागढीका ४० वर्षीय मोहम्मद फौमोदिनलाई धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
रौतहटको गुजरा नगरपालिका सिमरा भवानीपुरले तीन दिन शोक बिदा दिएको छ ।
सिन्धुलीमा प्रहरीले बिहीबारसम्म कारागार कार्यालय फोरेर भागेका १६९ जना कैदीबन्दीलाई पक्राउ गरेको छ ।
जेनजी आन्दोलनका नाममा तोडफोड र आगजनीले अस्तव्यस्त बनेको तनहुँको सदरमुकाम दमौली बिहीबारदेखि फेरि सामान्यतर्फ फर्किन थालेको छ ।
नेपाली सेना लगायतका सुरक्षा निकायहरू परिचालनमा रहँदा सोमबार साँझदेखि मङ्गलबार बिहानसम्म विभिन्न स्थानमा सुरक्षा गतिविधि तीव्र बनेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रूपमा सञ्चालन भइरहेको छ ।
नव युवापुस्ता ‘जेनजी’ ले सुरु गरेको शान्तिपूर्ण प्रदर्शनले हिंसात्मक रूप लिन थालेपछि अशान्त बनेको स्याङ्जा सामान्य बन्दैगएको छ । पसलहरु पूर्णरुपमा खुलेका छन् भने नीजि सवारी साधनहरु चल्न थालेका छन् ।
जिल्लामा यस वर्ष धानखेतीको क्षेत्र घटेको छ । गत वर्ष बाह्र हजार १५४ हेक्टर क्षेत्रमा धानखेती भएकामा यस वर्ष ११ हजार पाँच सय हेक्टरमा मात्र धानखेती विस्तार भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।
सप्तरीको राजविराज नगरपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।पालिकाको वडा नम्बर १० स्थित दिघबामा करेन्ट लागेर ३५ वर्षीया ललिता देवी मण्डलको मृत्यु भएको हो ।
ताप्लेजुङमा बिहीबार साँझ ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जेनजी पुस्ता (समूह) ले गरेको प्रदर्शन हिंसात्मक भई देशमा विषम परिस्थितिको सिर्जना भएको अवस्थालाई दृष्टिगत गरी प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले निषेधाज्ञा जारी गर्नुभएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी पुस्ताले उठाएका मागहरूको निकास संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाबाटै हुनुपर्नेमा जोड दिनुभएको छ।
गौर कारागारबाट मङ्गलबार राति फरार भएका कैदीबन्दी मध्ये १३ जनालाई भारतीय एसएसबीले नियन्त्रणमा लिएको छ ।