• १५ पुस २०८२, मङ्गलबार

मेडिकल काउन्सिलको उपाध्यक्षमा डा.शेर्पा विजयी

blog

काठमाडौँ, पुस १५ गते ।नेपाल मेडिकल काउन्सिलको निर्वाचनबाट उपाध्यक्ष पदमा डा कुञ्जाङ शेर्पा विजयी  हुनु भएको छ । 

 काउन्सिलको हालै सम्पन्न निर्वाचनमा मङ्गलबार सम्पन्न मतगणना अनुसार डा. शेर्पाले डा गुरुशरण साहलाई पराजित गर्दै उपाध्यक्षमा जित हासिल गर्नु भएको हो । 

यस्तै आठ जना सदस्यहरूमा डा. छविलाल पन्थी, डा. सारिका गोइत, डा. दीपेन्द्र पाण्डे, डा. युविनकुमार यादव निर्वाचित भएका छन् । यस्तै, डा. अस्मिता पोखरेल, डा. सम्राट पराजुली, डा.नीना राई र डा.रविन बस्नेत पनि निर्वाचित भएका छन् ।

काउन्सिलको निर्वाचनमा ११ हजार ९२२ मत खसेको थियो।