काठमाडौँ, चैत २१ गते । काठमाडौँ महानगरपालिकाभित्र करिब एक हजार ९०० सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेको सहकारीमध्ये ५० प्रतिशतले पनि नियमित रूपमा प्रतिवेदन बुझाउँदैनन् । नियमित रूपमा प्रतिवेदन नबुझाउने सहकारी बढी हुनु भनेको त्यस्ता सहकारीमा समस्या छन् भन्ने हो ।
कामपा सहकारी विभागका अनुसार आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेका करिब एक हजार ९०० सहकारीमध्ये नियमित रूपमा ७२३ ले मात्रै वार्षिक प्रतिवेदन बुझाउने गरेका छन् । कामपा सहकारी विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार महानगरले यस अघि पटक पटक नियमित रूपमा वार्षिक प्रतिवेदन बुझाउनक आग्रह गर्दै आएको छ । लामो समयसम्म पनि विभिन्न बहानामा वार्षिक प्रतिवेदन नबुझाए कानुनी प्रक्रियामा जाने कामपाको तयारी छ ।
काफ्लेले भन्नुभयो, “कति सहकारी सम्पर्कमा नै आउँदैन, कति कारबाहीमा परेको हुनले गर्दैनन् सहकारीले कानुनविपरीत ऋण प्रवाह गरेका सहकारीले पनि नियमित रूपमा प्रतिवेदन नबुझाउने अभ्यास छ । ती सहकारी संस्थालाई तत्काल वार्षिक साधारणसभा सम्पन्न गरी लेखा परीक्षण प्रतिवेदन साधारणसभाको निर्णय तथा वार्षिक प्रतिवेदन कामपा सहकारी विभागमा बुझाउन यसअघि निर्देशन दिइसकेको छ ।”
उहाँका अनुसार लामो समयदेखि साधारणसभा प्रतिवेदन नबुझाएका सहकारीलाई खोरेजीको प्रक्रियामा लैजाँदा बचतकर्ताको रकम हिनामिना हुने भएकाले महानगरले पहिले प्रतिवेदन त्यसपछि खारेजी प्रक्रिया अघि बढाउने भएको छ ।
ब्याजको लोभमा साँवा गुम्ला !
कामपाले धेरै ब्याजको लोभमा साँवा गुम्नबाट बच्नका लागि बचत कर्ताका लागि आग्रह गरेको छ । कामपा सहकारी विभागका काफ्लेका अनुसार बचत गरीसकेपछि पछुताउनुभन्दा बचत गर्नुपूर्वनै उक्त सहकारी नियम अनुसार सञ्चालन भएको हो कि छैन, उक्त सहकारीको् लेखा परीक्षण नियमित गरिएको छैकी छैन, ब्याजदर स्वभाविक छ की छैन, संस्थाको वित्तीय पारदर्शिकता कस्तो छ, नियामक निगरानी छ की छैन, जस्ता विषय बुझेर मात्र पैसा बचत गर्नुपर्छ ।
प्रमुख काफ्लेले भन्नुभयो, “मेरोको साथीको सहकारी, आफन्तले सञ्चालन गरेको सहकारी हो मैले सुजबुजबिनै पैसा बचत गर्न भइहाल्छ भन्ने मानसिकताबाट ढाडा रहनुपर्छ अन्यथा बचत डुब्न सक्छ ।” अहिले धेरै सहकारी आफ्ना आफ्ना मिलेर सञ्चालन गर्दा समस्या आएको छ पैसा रहुञ्जेल प्रयोग गर्ने नियमित रूपमा गर्नुपर्ने कानुनी प्रक्रिया नहुँदा समस्या छ । रासस