गोरखापत्र अनलाइन
काठमाडौं, पुस १५ गते । नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले मुलुकको व्यवस्था जोगाउन र संविधान जोगाउन कांग्रेस र एमालेबिच सहकार्य अपरीहार्य भएको बताउनुभएको छ।
नेकपा (एमाले) को मदन–आश्रित स्मृति प्रतीस्ठानद्वारा मंगलबार यहाँ आयोजित विचार गोस्ठीमा उहाँले सो कुरा बताउनुभएको हो । अहिले मुलुकको विधि व्यवस्था, संविधान र लोकतन्त्र खतरामा परेकाले दुई दलको संयुक्त सहकार्यको खाँचो उहाँले औल्याउनुभयो । विगतमा मुलुक सशस्त्र द्वन्द्वमा रहँदा पनि प्रमुख दुई दलले संयुक्त प्रयास गरेर मुलुकलाई निकास दिएको उहाँले स्मरण गर्नुभयो ।
मुलुकको मुख्य लोकतान्त्रिक शक्ति कांग्रेस र एमाले भएको नेता विश्वकर्माले बताउनुभयो । आफ्नालाई भर र दुश्मनलाई डर दिन सक्ने नै सच्चा नेता भएको बताउँदै उहाँले त्यो शक्ति प्रमुख दुई दल भएको उहाँले बताउनुभयो । मुलुकको विकास लोकतान्त्रिक शक्तिको प्रयासले मात्र सम्भव भएको बताउनुभयो ।
लोकतान्त्रिक शक्तिहरु निर्वाचनको विपक्षमा नभएको तर चुनावको लागि अझै वातावरण सरकारले बनाउन नसकेको उहाँले बताउनुभयो ।
निर्वाचन भएमा दुई दलबिच स्वस्थ प्रतिस्पर्धा हुने भए पनि रास्टि«य स्वाभिमान र लोकतन्त्र जोगाउने मुद्दामा प्रमुख दुई दल एक ठाउँमा उभिने उहाँले स्पस्ट गर्नुभयो ।