नारद कोहार
तौलिहवा(कपिलबस्तु), पुस १५ गते । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यबासिनी मुख्यालयका सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र कुँवरले सशस्त्र प्रहरीले सङ्गठनको नीति नियमलाई परिपालन गरी प्राप्त जिम्मेवारीको कुशलत पुर्वक पालना गरी सदैव अग्रसर रहने बताउनु भयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई भयरहित र शान्ति पूर्व सम्पन्न गर्न सशस्त्र प्रहरीले पनि महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । सशस्त्र प्रहरीले सबै निकायसँग समन्वय गरेर अझ परिमार्जित रूपमा काम गर्ने उहाँको भनाइ थियो ।
सीमामा हुने विभिन्न खालका अपराधलाई नियन्त्रण गर्न सीमा सुरक्षालाई थप मजुबत बनाइने बताउनु भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २८, हेक्वा कपिलबस्तुको १९ औं स्थापना दिवसको अवसरमा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले सधैं आफ्नो दायित्व पूरा गर्न मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिनु भएको छ ।
उहाँले प्राप्त उपलब्धिको रक्षा गर्दै आगामी दिनमा सङ्गठनलाई अझ प्रभावकारी तुल्याउनका लागि उत्साहका साथ कर्तव्यपथमा लाग्न सुरक्षा अधिकारीलाई निर्देशन दिनुभयो । समयमा आर्जन गरेको पेसागत सफलताले राज्यका सुरक्षा समयन्त्र विच एउता विशिष्ट परिचय स्थापित गरिसकेको उहाँको भनाइ छ ।
कर्तव्य प्राण, इमानदार र राष्ट्रियता प्रतिको सेवाभावले प्रेरितभई राष्ट्रसेवकहरूले कार्यक्षेत्रमा प्रस्तुत हुनुपर्ने उहाँले बताउनु भयो । सो अवसरमा बोल्दै कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले सीमा सुरक्षाका साथै समाजमा शान्ति सुव्यवस्था कायम गर्न सशस्त्र प्रहरीको अहम् भूमिका रहेको बताउनु भयो ।
कार्यक्रममा कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी जनर्दन गौतमले शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन लगायत जनताको दिनानुदिन आई पर्ने समस्यालाई समाधान गर्न सशस्त्र प्रहरीको महात्त्वपूर्ण भूमिका रहेको बताउनु भयो ।
सशस्त्र प्रहरीले सीमावासीलाई लक्षित गरी स्वास्थ्य शिविर, शैक्षिक सामग्री वितरण र सिप मुलक तालिमहरू सञ्चालन गरी सीमामा बस्ने वासीहरूको मन र मस्तिष्क जित्ने कार्यहरू गर्दै आइरहेको सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसीले बताउनु भयो । स्थापना दिवसको अवसरमा रक्तदान, खेलकुद प्रतियोगिता लगायतको कार्यक्रमहरू गरिएको थियो ।