उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसारले परस्पर आत्मियता, भाइचारा, मेलमिलाप र सामाजिक सद्भावलाई थप प्रगाढ बनाउनमा सहयोग पुगेको विश्वास व्यक्त गर्नुभएको छ ।
म्याग्दीमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदानस्थलको स्थलगत निरीक्षणलाई तीव्र पारिएको छ ।
लमजुङ जिल्ला अदालतले विगतमा फैसला भई जरिवाना तोकिएको १० करोड ५० लाख ४७ हजार २६ रुपियाँ रकम असुल गर्न बाँकी रहेको छ । लमजुङ जिल्ला अदालतमा गत कात्तिक मसान्तसम्म यतिका रकम असुल गर्न बाँकी रहेको छ ।
तनहुँका गुरुङ समुदायले पर्व ‘तमु ल्होसार’ (नयाँ वर्ष) मङ्गलबार दमौलीमा भव्यताका साथ मनाएका छन् । पुस १५ को अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् तनहुँको आयोजनामा निस्किएको साँस्कृतिक झाँकी र र्यालीले दमौली बजारको रौनक बढाएको थियो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बाँके जिल्लाबाट तीन लाख ५१ हजारभन्दा बढी मतदाताले मतदान गर्ने भएका छन् ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मौलिक पर्वले समाजमा शान्ति, सामाजिक न्यायको भावना सुदृढ गर्दै लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकताको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने बताउनुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टी(नेकपा) म्याग्दीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित चुनावी अभियान थालेको छ । पार्टीका तर्फबाट सम्भावित उम्मेदवार र एकताको सन्देशसहित नेकपाले गाउँ केन्द्रित अभियान थालेको हो ।
नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा रु सात अर्ब ६५ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा पुस १५ गते ‘ठूलीरात’ अर्थात् परम्परागत पुसे पन्ध्र पर्व उल्लासका साथ मनाइँदैछ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले तरकारी खेतीका लागि किसानलाई सतप्रतिशत अनुदान सहयोग गरेको छ । तरकारी खेती उत्पादन तथा बजारीकरण कार्यक्रमअन्तर्गत गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरेको हो ।
सुदूरपश्चिम सांस्कृतिक हिसाबले समृद्ध प्रदेश हो । यहाँको माटोमा संस्कृतिका अनेकन पक्ष पाइन्छन् । यहाँको समाजमा विभिन्न समुदाय एवं जातिको बसोबास भएका कारण फरक फरक संस्कृतिको उपस्थिति पा
पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रनिगाहपुर–निजगढ सडकखण्डको चन्द्रपुर –४ दोस्रो लच्का नजिकै ग्यास बुलेट ट्रक अनियन्त्रित भइ दुर्घटना हुँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
आगामी फागुन २१ गतेको हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वी धनकुटा जिल्लामा कुल एक लाख १८ हजार ४२५ जना मतदाता कायम भएका छन् ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ जम्ने, पानी र चरन अभावका कारण याकचौरी बेसी झारिएका छन् ।
आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । निर्वाचन आयोगले स्वीकृत निर्वाचन तालिकाबमोजिम काम गरिरहेको छ । जस अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले उम्मेदवारको बन्दसूचीसमेत बुझाइसकेका छन् ।