नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकको आवागमन तथा व्यवस्थापनमा सहजीकरण गरिएको जनाएको छ । विषम परिस्थितिका कारण पर्यटकलाई गन्तव्यमा पुग्न असहज भएको अवस्थामा बोर्डले सटल बसको व्यवस्था गरी आवतजावतमा सहजीकरण गरिरहेको उल्लेख गरेको छ ।
आन्दोलनका कारण मङ्गलबार दिउँसोदेखि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार साँझदेखि सञ्चालन भएपछि अहिले यात्रुहरूको भीड लागेको छ ।
नेपाली सेनाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा जारी निषेधाज्ञा तथा कर्फ्युलाई पछिल्लो सुरक्षा परिस्थितिको मूल्याङ्कन गर्ने जनाएको छ ।
चीनले नेपालमा चाँडोभन्दा चाँडो शान्ति सुव्यवस्था कायम हुनेमा आफू आशावादी रहेको बताएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ ।
मंगलबार दिनभर हजारौंको भिडले गरेको आन्दोलनमा बागलुङ तुलनात्मक शान्त थियो । जिल्लास्थित राजनीतिक दलका कार्यालय बाहेक अन्यत्र तोडफोड र आगजनी भएन । रातको समयमा अपरिचितहरु जथाभावी हिंड्ने र अवान्छित क्रियाकलाप गर्न खोजेपछि प्रशासन त्रसित भयो ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको कार्यालय तोडफोड गरिएको छ । साब्लाखु भञ्ज्याङमा रहेको गाउँपालिका कार्यालय बुधबार दिउँसो तोडफोड गरिएको हो ।
जेनजी पुस्ताका नाममा भएको हिंसात्मक प्रदर्शनमा घाइते भएका तीन जना प्रहरीको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज उनीहरूको मृत्यु पुष्टि भएको जानकारी दिनुभयो ।
ताप्लेजुङमा शान्ति सुरक्षालाई कायम राख्न कर्फ्यू जारी गरिएको छ। सम्भावित हुलदङ्गा र झडपका कारण प्रतिकूल वातावरण सिर्जना गई शान्ति सुरक्षा भङ्ग हुन सक्ने अवस्थालाई दृष्टिगत गरी बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू जारी गरिएको हो।
जुम्लाको तिला गाउँपालिकामा बुधबार तोडफोड तथा तालाबन्दी गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाका अनुसार तिला गाउँपालिका –३ कुडारीका स्थानीय प्रदर्शनकारीले कार्यालय तोडफोड गरेको बताउनुभयो ।
नेपाली सेनाले चार जनासहित सात नाल हतियार र उक्त हतियारका म्यागजिन, राउण्ड, व्युनेट लगायतका एसेसरिज तथा व्यक्तिगत सामाग्रीहरु बरामद गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
नेकपा (एमाले) ले प्रधानमन्त्रीको राजिनामापछिको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाट खोजिनुपर्ने भन्दै त्यसका लागि आवश्यक पहलका लागि राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएको छ ।
मबार र मङ्गलबार दुई दिन भएको जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ।
बाँकेको सदरमुकाम नेपालगन्ज र कोहलपुरमा रहेका स्थानीय सरकारका कार्यालयसहित करिब एक दर्जन बढी सरकारी कार्यालयमा आगजनी हुँदा करिब दश अर्व बढीको क्षति भएको अनुमान गरिएको छ ।
नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकको आवागमन तथा व्यवस्थापनमा सहजीकरण गरिएको जनाएको छ ।