सुदूरपश्चिम सांस्कृतिक हिसाबले समृद्ध प्रदेश हो । यहाँको माटोमा संस्कृतिका अनेकन पक्ष पाइन्छन् । यहाँको समाजमा विभिन्न समुदाय एवं जातिको बसोबास भएका कारण फरक फरक संस्कृतिको उपस्थिति पाइन्छ । यस प्रदेशमा तराईमा दुई जिल्ला कैलाली र कञ्चनपुर रहेका छन् भने पहाडमा सात जिल्ला बैतडी, दार्चुला, डोटी, डडेलधुरा, अछाम, बझाङ र बाजुरा रहेका छन् । पहाडका जिल्लामा प्रायः एकै किसिमको संस्कृति पाइन्छ । पहाडका जिल्लामा जिल्ला विशेषको मौलिक पर्व एवं सांस्कृतिक परम्परा पनि विद्यमान छन् । यस लेखमा सुदूरपश्चिमका विभिन्न जिल्लामा मनाइने चाडपर्व र ती पर्वको सांस्कृतिक महìवलाई प्रस्तुत गरिएको छ ।
सुदूरपश्चिममा सात पहाडी जिल्ला छन् । सुदूरपश्चिममा रहेका पहाडी जिल्लाका नागरिक सुदूरपश्चिमकै तराईका साथसाथै नेपाल एवं विश्वका विभिन्न देशमा छरिएर रहेका छन् । आफ्नो मूल थलोबाट अन्य ठाउँमा गए पनि मानिसले आफ्नो सांस्कृतिक कर्मलाई छाडेको हुँदैन । उसले आफूसँगै आफ्नो सांस्कृतिक व्रिmयाकलापलाई पनि व्यापक परिवेशमा चिनाउँछ । यहाँ सुदूरपश्चिमका पहाडी मूलका चाडपर्वलाई चिनाउने कार्य गरिएको छ ।
नेपालमा विव्रmम संवत्लाई सरकारी कामकाजमा प्रयोग गरिनुका साथै दैनिक व्यवहारमा पनि प्रयोग गरिन्छ । वर्षको प्रारम्भको दिन वैशाख १ गते बिसु पर्वका रूपमा मनाइने गरिएको छ । यसलाई बिस्पती, बिसुु, जाँत, बिस्सजाँत पनि भनिन्छ । यस पर्वमा घरबाहिर गएका परिवारका सदस्य घरमा फर्कने, पारिवारिक मिलन हुने, नयाँ नयाँ खाद्य परिकार बनाउने र खाने, लत्ताकपडा किन्नेलगायतका कार्य गर्छन् । यही दिन सिस्नु लगाउने कार्य पनि गरिन्छ । नन्दभाउजू, देवरभाउजू, सालीभिनाका बिचमा सिस्नो लगाउने कार्य गर्छन् । सिस्नु लगाउने व्रmममा देवर वा भाउजू नहुने, नन्द वा भाउजू नहुने, साली वा भिनाजु नहुनेले आफ्नै शरीरमा सिस्नो लगाउने गर्छन् । सिस्नो लगाउने कार्यका कारण शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास रहेको छ । हिन्दु सम्राट् विव्रmमादित्यको पराव्रmम वा जन्मदिनको खुसियालीमा वा सूर्यले पृथ्वीको परिव्रmमा वैशाख १ मा पूरा गरेको विश्वासमा बिसु पर्व मनाइने गरेको छ । खप्तडमा जेठ शुक्ल दशमीका दिन गङ्गा दशहरा मेला लाग्छ । नवमीको दिनदेखि नै खप्तडमा मेला लाग्ने गरेको छ । यहाँ त्रिवेणीधाममा मनकामना मन्दिर छ । जसमा गणेश, अन्नपूर्ण र बसाहाका मूर्ति छन् । यहाँ मानिसले आफ्ना पूर्वजको मृतात्माको शान्तिका लागि तर्पण गर्ने गर्छन् । यो समयमा नवमीको मेला भरेर नवमीमा मेला भरेर रातभर जाग्रम बस्दै शीत खाएर दशमीको दिन त्रिवेणीमा स्नान गरेर पितृको तर्पणपछि त्रिवेणीधामको दर्शन गर्दा ठुलो पुण्य पाइने र पितृहरूको वैकुण्ठवास हुने मान्यता छ । गङ्गा दशहराको मेला सुदूरपश्चिमका अन्य क्षेत्रमा पनि आयोजना हुने गरेको छ । असार १५ का दिन दहीचिउरा पर्व मनाइने गरेको पाइन्छ । कृषि तथा सहकारी मन्त्रालयले असार १५ लाई राष्ट्रिय धान दिवस मनाउने परम्परा बसाएसँगै यहाँ पनि यो दिवस मनाइन्छ । यस दिनलाई रोपाइँ महोत्सवका रूपमा पनि मनाइने गरेको पाइन्छ । यो परम्परा देशमा धानको उत्पादन बढाउन प्रारम्भ गरिएको हो । खेतमा रोपाइँ सकेर दहीचिउरा खाने भएकाले यसलाई दहीचिउरा खाने दिनका रूपमा समेत लिइन्छ ।
साउन १ मा हरेलो पर्व मनाइने गरेको छ । साउन १५ मा खिर खाने पर्व मनाइने गरेको छ । वर्षाको झरीमा भिजेको शरीरलाई न्यानो बनाउने र ऊर्जामय राख्न हरेक वर्ष यो पर्व मनाइन्छ । मानिसको श्रम र स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको पर्व मनाइएको पाइन्छ । गर्मी महिनामा शरीरमा दाद, खटिरा र लुतो जस्ता रोगले आव्रmमण गर्ने भएकाले प्रतिरोधात्मक शक्ति बढाउन दुग्धजन्य पदार्थ खाने गरेको पाइन्छ । यस सङ्व्रmान्तिलाई झिझिरकाँडा लगाउने सङ्व्रmान्ति पनि भनिन्छ । यसलाई तत्कालीन सेती अञ्चलमा साउने सङ्व्रmान्ति र महाकाली अञ्चलमा हरेली सङ्व्रmान्ति भनिन्छ । यस पर्वमा तत्कालीन सेती अञ्चलतिर बिहान सरसफाइ गर्ने, साँझ घर घरमा दियो जलाई कुुलदेवताको पूजा गर्ने गरिन्छ । यस दिन बालबालिकाले द्यौड्या भात, वनभोज, खलेजाँतो, ग्वाल्याजाँतो पकाएर खान्छन् । यस दिन खिचडी पकाएर खान्छन् । तत्कालीन महाकाली अञ्चलतिर यसलाई लुुतो भगाउने सङ्व्रmान्ति पनि भनिन्छ । बर्खेबालीमा व्यस्त रहने यस क्षेत्रका मान्छे बर्सातका कारण घाउ, खटिरा, दुुःख बिराममा बच्न तितेपातीले नुुहाउने गर्छन् । तत्कालीन महाकाली अञ्चलमा झिझिरकाँडा लगाउने गरिन्छ । भाद्रमा नागपञ्चमीमा नागका चित्र कोरी घरको मूूल ढोकामा टाँसेर गाइने गहुुँत, गोबर, दुुध, दही, अक्षता, दुुबो, जौ, कुुश, तिल, पञ्चामृतले पूजा गर्छन् । भाद्रमा गणेश चतुुर्थी पर्वमा महिला व्रत बसेर गणेशको पूजा गर्छन् । सुुदूूरपश्चिमका कतिपय क्षेत्रमा यस पर्वका दिन साँझ काँव्रmा जस्ता फल चोर्ने चलन पनि रहेको छ । जनै पूूर्णिमा÷ऋषि तर्पणीमा विभिन्न देवालयमा पूजाआजाका साथै मेलासमेत लाग्ने गर्छ । जनैपूूर्णिमामा पुुरुषले जनै परिवर्तन गर्ने गर्छन् । ऋषिपञ्चमीमा महिला व्रत बस्ने र सप्तऋषिको पूूजा गर्ने गर्छन् । श्रीकृष्ण जन्माष्टमी पर्वमा श्रीकृष्णको उपासना गरिन्छ । यस पर्वमा मानिस व्रत बसेर राति श्रीकृष्णको आरती एवं पूजाआजा गर्छन् । यो पर्व भाद्र कृष्णपक्ष अष्टमीमा मनाइन्छ ।
सुदूरपश्चिममा भाद्र महिनामा गौरा पर्व धुमधामका साथ मनाइन्छ । यो पर्व सुुदूूरपश्चिमको तत्कालीन महाकाली अञ्चलका सबै, सेती अञ्चलको डोटी एवं बझाङमा मनाउने गरिन्छ । यस पर्वका बेला महिला व्रत बस्ने र आफ्नो घरपरिवारको सुुखशान्तिका लागि महादेवसँग वर माग्ने गर्छन् । यस पर्वमा गौरा अर्थात् पार्वतीको रूप मानेर पूूजाआजा गरिन्छ । टाढा भएका आफन्तजनको भेटघाट एवं घरपरिवारका लागि गहनाकपडा ल्याउने, मिठा खानेकुुरा पकाउने र आपसमा सद्भाव बाँड्ने गर्छन् । यस पर्वका बेला देउडा खेल महिला–पुुरुष एवं महिला–महिला, पुुरुष–पुुरुषका समूह मिलाएर खेल्ने गरिन्छ ।
विजयादशमी पर्वका बेला दुुर्गाको पूजा गरिन्छ । नौ दिनसम्म व्रत बस्ने र दशमीका दिनदेखि जमरा टीका लगाइने गरिन्छ । यसलाई राष्ट्रिय पर्व मानिन्छ । यस पर्वमा घरपरिवार, समाजका महìवपूूर्ण व्यक्तिबाट टीका लगाउने र आशीर्वाद लिने चलन रहेको छ । दीपावलीमा लक्ष्मीका साथै कुुकुुर, गाई, गोरु जस्ता पशुको पनि पूजा गरिन्छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुुभाइलाई टीका लगाउने र दाजुुभाइले दिदीबहिनीलाई उपहार दिने चलन रहेको छ । यो पर्व दीप प्रज्वलन गरेर मनाइन्छ । देउसी, भैलो खेल्दै नाचगान गर्ने जस्ता सांस्कृृतिक व्रिmयाकलाप गरिन्छ । कात्तिकमा छठ पर्व मनाउने चलन पछिल्ला दिनमा बढेको छ । यो पर्व यहाँ उत्पत्ति भएको पर्व नभए पनि मध्यतराईका मानिसको बसोबास बढेसँगै छठ पर्व मनाउने व्रmम पनि बढ्दै गएको छ । पुुसे पन्ध्र (भुुवा पर्व) वर्षको लामो रात हो । यस दिन गाउँसमाजका व्यक्ति रातमा जाग्राम बस्छन् । यस दिन घर घरबाट विभिन्न पकवान पकाएर सबै बाँडेर खान्छन् । यस दिन बाँतै, टुुक्का, कहानी सुुनाउने गर्छन् । यस दिन जान्नेसुुन्ने मानिसले भगवतीका गाथा, धुुमारी, फाग सुुनाउने गर्छन् । बझाङ ब्याँसीतिर यस दिनमा निराहार, फलाहार बस्ने गर्छन् भने राती माँडा,
लाटेरोटी खान्छन् । माघेसङ्व्रmान्तिको दिन मकर सङ्व्रmान्ति हो । यस दिन तरुल, चाकुु आदि मिठा मिठा पकवान बनाएर खाने चलन छ । यस महिनामा तत्कालीन सेती अञ्चलको पहाडमा दिदीबहिनी बोलाएर मिठा मिठा खानेकुुरा दिने, उपहार दिने गरिन्छ । फागुन महिनामा होरी पर्व मनाइन्छ । होरी पर्वमा एकआपसमा रङ लगाउने, विभिन्न गीत गाएर सामूहिक रूपमा मनाइने गरेको पाइन्छ । चैतालोमा तत्कालीन महाकाली अञ्चलका पहाडी भेग र ती भेगका मानिस बस्ने तराईमा चैत महिनामा दाजुुभाइले आफ्ना दिदीबहिनी भेट्न जाने, उनीहरूलाई विभिन्न उपहार दिने र लुुगाफाटा पनि प्रदान गरिन्छ । यो पर्व दिदीबहिनी र दाजुुभाइको आपसी सद्भाव र स्नेहभाव प्रकट गर्ने सशक्त माध्यम हो ।
यसबाहेक पनि श्रावण शुक्ल पञ्चमीमा नागपूजा, एकादशीमा गो¥या एकादशी, पूर्णिमामा रक्षाबन्धन मनाइने गरिन्छ । यसरी नै मेलौली, मालिकामा सौनापन्यु जाँत, भदौ कृष्ण अष्टमीमा कृष्ण जन्माष्टमी, औँसीमा कुशे औंँसी, भदौ शुक्ल पञ्चमीमा बिरुडा पञ्चमी र ऋषिपञ्चमी, भदौ शुक्ल तृतीयामा हरितालिका, चतुर्थीमा गणेश चौथी, सप्तमीमा अमुक्ता भरण गौरा, भदौ २३ र २४ मा अगस्तिपूजा, चतुर्दशीमा निङलाशैनी ताका जाँत र अनन्त चतुर्दशी, भदौ २ गते बझाङमा बिसरती, असोज कृष्णपक्ष पितृश्राद्ध पक्ष, असोज शुक्ल पक्ष नौरता, अष्टमीमा बैतडी पाटनमा र कफाडी तल्लो स्वराडमा उदयदेव जाँत, कार्तिक शुक्ल सप्तमीमा तल्लो स्वराडमा शिवनाथ जाँत, एकादशीमा तुलसी पूजा, चतुर्दशी र पूर्णिमामा बैतडी मेलौलीमा जाँत, मङ्सिर शुक्ल पञ्चमीमा विवाह पञ्चमी, माघ शुक्ल पञ्चमीमा श्रीपञ्चमी, फागुन कृष्ण चतुर्दशीमा शिवरात्रि, चैत शुक्लपक्षमा नौरता, चैत शुक्ल प्रतिपदामा नवसंवत्सर आदि धार्मिक व्रिmयाकलाप एवं पर्व मनाइने गरिएको छ । यहाँको तराई भेगमा बसोबास गर्ने बौद्ध धर्मावलम्बीलगायत अन्यले बुद्धजयन्ती मनाउने गरेको पाइन्छ भने मुस्लिम समुदायले इद, रमजान, मुहर्रम, रविउल आउवाल, शावाल, ज्विलह्ज्ज जस्ता पर्व मनाउने गरेका छन् । सुदूरपश्चिमको सिख समुदायले पनि आआफ्ना चाडपर्व धुमधामका साथ मनाइएको पाइन्छ ।
तराईका डगौरा थारू जातिका चाडपर्व
सुदूरपश्चिमको तराईमा रहेका कैलाली र कञ्चनपुर जिल्लामा थारू समुदायको बसोबास रहेको छ । थारू समुदायमा पनि डगौरा थारूको बसोबास रहेको छ । डगौरा थारू समुदायले वर्षभर नै विभिन्न सांस्कृतिक चाडपर्व मनाउने गरेको पाइन्छ । धानमा किरा नलागोस् भनेर यो पूूजा सामूहिक देवीथानमा हरेरी पूूजा गरिन्छ । यस पर्वमा विभिन्नता भएकाले कसैले धूप, प्रसाद, कसैले फलफूल कसैले अन्य चिजबिज चढाउने गर्छन् । अतवारी पर्वः भाद्र र असोजको पहिलो जन्माष्टमी छाडेर एक आइतबार छाडेर मनाउने गरिन्छ । यो पर्वभन्दा एक दिनअघि शनिबार दर खाने चलन छ । बिहान कुखुुरा बास्ने समयसम्म यो कार्य गरिसक्नुु पर्छ । यस बेला फुर्मा, बडिमा नाम गरेको भेवाँ रोटी बनाएर खाने गर्छन् । यस पर्वमा आइतबारको दिन व्रत बस्ने र पाँच पाण्डवको पूजा गरिन्छ । गुुरही पर्व साउन÷भाद्र महिनामा पर्छ । यो नागपञ्चमी जस्तै हो । दिनमा खेतीपातीपछि साँझ घाम डुुबेपछि सबै जना राम्रा राम्रा लुुगा लगाएर एकै ठाउँमा जम्मा हुन्छन् । गाउँको मुुख्य मान्छेले भनेपछि भाङको हाँगा समाएर छेउ घुघुुरी लेउ घुुघुुरी भनेर चिच्याउने र यसले गर्दा रोगव्याधी हट्ने विश्वास लिइएको छ । सबै कार्य सम्पन्न भएपछि सबैले ल्याएको मकै, चना, केराउलगायतका चिजबिज बाँडेर खाने गरेको पाइन्छ ।
सुदूरपश्चिमा डगौरा थारू जातिले अष्टिम्की पर्वमा कृष्णको पूूजा गर्छन् । पर्वको अघिल्लो एक दिनअघि दर खाने गर्छन् । यसमा विभिन्न परिकार जुुटाइने कार्य गरिन्छ । महिलाले विभिन्न चित्र बनाउने कार्य गर्छन् । यस पर्वमा पुुरुषको लामो आयुु एवं महिलाको योग्य वर पाउनुुपर्ने कामना गरिन्छ । हरदुुवा पर्व धान खेतीको अन्त्यपछि मनाइन्छ । खेती सकिएपछि एकआपसमा हिलो छ्यापाछ्याप गर्छन् । यसरी हिलो छ्यापाछ्याप गर्दा नजिकका आफन्त, इष्टमित्र एवं साथीभाइका बिचमा हिलो छ्यापाछ्याप गर्ने गरिन्छ । दसैँ पर्वलाई दस्याँ पनि भन्छन् । चामल वा गहुुँको पिठोको टीका लगाइन्छ । अन्य समुदायको जस्तो रातो रङको प्रयोग गरिँदैन । यस पर्वमा फूलपातीमा कुलदेवतालाई ढिव्रmी, बेलको हाँगा, जमरा चढाउने कार्य गर्छन् । अष्टमीका दिन पशुबलि गर्ने र विजयादशमीका दिन टीका लगाउने गरिन्छ । रातो रङको नभएर पिठोको टीका लगाइन्छ । धान काटेपछि औली पर्व मनाइन्छ । यस दिन महिला बिहानै कसैसँग नबोलेर खेतमा गएर धान ल्याउँछन् र देवतालाई चढाउँछन् । दुुलहाकुुटा (मुुख्य खम्बा) मा धानको मुुठा बाँध्छन् र धान सकिएपछि उत्सव मनाउँछन् । यस पर्वमा सबै मिलेर मासुु खाने गर्छन् । यसरी खानपिन समारोहमा घरपरिवारका साथै इष्टमित्रलाई समेत बोलाउने गरेको पाइन्छ । थारू जातिमा दीपावलीमा माटाको दियो बाल्ने चलन छ । दियो बाल्ने व्रmममा सुुप्पा ठटाउँछन् । उनीहरू भैलो खेल्नुका साथै भाइतिहार मनाउँछन् ।
डगौरा थारू जतिको प्रमुख पर्व होरी हो । थारू जातिले यो पर्व तीन दिन मनाउँछन् । यो पर्वको पहिलो दिन बङ्गुुर पोल्ने र चिर पोल्ने कार्य गर्छन् । दोस्रो दिन बिहान चिर पोलेको आगो निभाउँछन् । त्यसपछि होली खेल्ने काम गर्छन् । यो पर्व तीन दिनसम्म मनाउने गरेको पाइन्छ । यसमा होलीसँग सम्बन्धित नाचगान गर्ने गर्छन् । यो थारू समुुदायको महìवपूूर्ण, सबैभन्दा ठुलो चाड माघी पर्व हो । यस चाडमा मघौटा नाच नाच्छन् । माघ १ लाई नयाँ वर्षका रूपमा मनाउँछन् । यस पर्वमा नयाँको सुुरु र पुरानाको अन्त्यसमेत गर्ने गरेको पाइन्छ । यस पर्वमा नयाँ कपडा लिने, नाचगान गर्ने, भोजभतेर गर्ने र एकआपसमा भेटघाट गर्ने गर्छन् ।
तराईका रानाथारू जातिका चाडपर्व
सुदूरपश्चिम प्रदेशको तराईका जिल्ला कैलाली र कञ्चनपुरमा बसोबास गर्ने रानाथारू समुदायले विभिन्न चाडपर्व मनाउने गरेका छन् । यसमध्ये होरी प्रमुख पर्वका रूपमा रहेको छ । यो पर्व फागुुन महिनाभरि मनाइन्छ । रानाथारूहरू यसलाई जिन्गी होरी (जिउँदो होरी) र मरी होरी (मरेको होरी) भनेर दुई प्रकारले मनाउने गरेको पाइन्छ । होरी दहन गर्दा गाउँका केटा काठ एवं गोबरका गुुइँठा निश्चित ठाउँमा जम्मा गर्छन् । यी गुुइँठाका वरिपरिबाट ठुला ठुला काठलाई ठड्याएर राखेका काठभित्र आगो लगाउँछन् । यस व्रmममा काठभित्र पटाकाका रूपमा बेलका दाना पोलेर पट्किँदा आनन्दको अनुभूति हुुन्छ । होरी खेल्दा महिला र पुुरुषसँगै वा एक्लाएक्लै भएर पनि खेल्ने गर्छन् । होरी खेल खेल्नका लागि महिला अनेकौँं घरमा गएर मानिसलाई सहमत गराउँछन् भने पुरुष मादल, भाँगको तयारी गर्छन् । प्रतिपदादेखि अष्टमीसम्म निरन्तर रूपमा खेल खेलिन्छ र नौ÷नौ दिन अथवा खकरौलापछि पनि मन लागेको मान्छेले खेलाडीलाई रक्सी मिलाई खुुवाएर होरी मनाउने चलन छ ।
दीपावली पर्वमा रानाहरू टीका लाउँदैनन् । दीपावलीको दिनमा महिलाहरू लक्ष्मी आऊ, लक्ष्मी आऊ भन्दै बिहान ४ बजे सुुप्पो बजाउने गर्छन् । रानाहरूको अति प्रिय भोजन कुुखुुराको मासु हो । यो पर्वमा कात्तिक महिनाभर रक्सी र मासु खाएर मनाउँछन् । होरीपछिको दोस्रो चाड चराई हो । यिनीहरूले मनाउने गरेका विभिन्न चाडमध्ये एउटा चराई चैत महिनामा हुनाले यसलाई चैते चराई भनिएको हो । यस पर्वमा महिला वत्र बसेर एक किसिमकी देवीको पूजाआराधना गर्छन् । यसरी व्रत बसेर जामुुनको हरियो पात भएका ससाना हाँगा हातमा लिएर होलीको गीत गाउँदै प्रधान (गाउँको मूल मान्छे) को घरमा चराई विसर्जन गर्छन् । यसरी विसर्जन गर्दा त्यस वर्ष विवाह भएर गएका चेलीबेटीले आफ्नो ससुरालबाट ल्याएको मिठाईलाई प्रधानले चराई खेलेर आफ्नो घरमा आएकी महिलालाई प्रसाद वितरण गर्छन् । वैशाखमा रानाहरू वैशाखी चराई पर्व मनाउने गर्छन् । अन्य ठाउँबाट विवाह गरेर आएकी नववधुुले भिसोलो (पानीको बाफले मात्र पाकेको गुुण मिसाएको भात) देवीलाई चढाउँछन् र प्रसादको रूपमा परिवारभरि बाँड्छन् । झि झि पर्व जेठ र असारको बिचमा पर्छ । यस पर्वमा एउटा प्वाल भएको गाग्रोभित्र दियो राखेर यस गाग्रीलाई आआफ्नो टाउकोमा राखेर यस पर्वको गीत गाउँदै घर घर घुुमाउँछन् । यो पर्व भदौ, कात्तिकसम्म पनि मनाउने गरेको पाइन्छ । डोला÷तिज पर्व श्रावण महिनामा पर्छ । यस पर्वमा महिलाले एक ठाउँमा जम्मा भएर डोला हाल्ने र बाबियोको डोरी बाँधेर एक महिनासम्म साउनको गीत गाएर पिङ खेल्ने काम गर्छन् । श्रीकृष्ण जन्माष्टमीमा कृष्णलीलासम्बन्धी नाचगान गर्छन् । छ दिनसम्म षष्टी पूूजा गर्छन् । यस पूूजालाई छनी भन्छन् । यस अवधिमा गाउँभरिका मानिसलाई बोलाएर खाना खुुवाउँछन् । घडीपूूजा पर्वमा बाख्रा काटेर पूजा गर्छन् । यसरी नै आँगनमा ठुलो खाल्डो खनेर त्यसलाई फेरि भातले पुर्ने चलन थियो । रानाथारूमा सुुँगुुर खाने र नखाने दुई वर्ग रहेका छन् । यो पर्वमा सुुँगुुर खान छुुट छ । भजनी चराई जेठ महिनामा पर्ने गर्छ । यस पर्वका बेला गाउँका सबै मानिस बगैँचामा बस्ने गर्छन् । यस पर्वमा गाउँको चाकरले एक दिनपूर्व चराई भएको जानकारी गराउँदै माछा मार्नका लागि खबर गर्छन् र नजिकको तलाउमा माछा मारेर भोलिपल्ट विभिन्न परिकार बनाएर खानपिन गर्ने र रोगव्याधीको रोकथामका लागि प्रसाद भुइँदेवीलाई चढाएर भर्राले पूूजा गर्ने चलन छ । असाडी पर्व आइतबार वा गुुरुबारमा गर्ने चलन छ । यस पर्वमा देवीको पूजा गरिन्छ । यस पर्वमा जीवबलि गर्ने चलन भए पनि हाल यस्तो चलन छैन । यस पर्वमा अषाडी भूमारी पूूजा गर्दा पहिलेका दिनमा नौ देवीको निम्ति नौ बोका काट्ने चलन थियो । यो पूजा गर्दा भूूत लाग्दैन भन्ने विश्वास रहेको छ ।
सुदूरपश्चिममा अनेक जातजातिको बसोबास छ । हिमाली मूलका जातजाति, आदिवासी जनजाति, लोपोन्मुख जाति, मुस्लिम एवं सिख धर्म मान्ने धर्मावलम्बीले पनि आआफ्नो परम्परागत चलनका आधारमा चाडपर्व मनाउँछन् । यस क्षेत्रका विभिन्न जातजातिको अवस्थाका बारेमा विस्तृत अध्ययनको आवश्यकता छ । यस लेखमा प्रदेशका सम्पूर्ण धर्म जातजातिका पर्वका बारेमा अध्ययन गर्न सकिएको छैन । यसलाई यो लेखको सीमाका रूपमा बुझ्नु पर्छ ।