जीवछ यादव
लहान,माघ २६ गते । हुलाकी मार्ग अन्तर्गत सहजा नदीमा यथाशिघ्र पुल निर्माणकार्य सुचारु गर्ने माग सहित स्थानीय युवाहरु आन्दोलनमा उत्रिएका छन् ।
हुलाकी मार्गअन्तर्गत सिरहाको औरही गाउँपालिका वडा नम्बर ४ मा पर्ने सहजा नदीको पुल निर्माण कार्य विगत चारवर्षदेखि अलपत्र परेपछि पटक–पटक दुर्घटना हुँदा धनजनको क्षति हुँदै आइरहेको छ ।
गएराति बिएबि ७८२१ नम्बरको कार पश्चिमबाट पूर्वतर्फ जाने क्रमममा माथिबाट कार खस्दा कारमा सवार तीनजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलियाका २२ वर्षीय अभिषेक कुमार राय,पछाडि सवार ३९ वर्षीया दिपिका कुमारी उपाध्याय र २० वर्षीया प्रिति पटेल घाइते भएका छन् । घाइते तीनै जनाको उपचार प्रादेशिक अस्पताल सिरहामा संभव नभएपछि जननकपुरमा भइरहेको सिरहा प्रहरीले जनाएको छ ।
हुलाकी सडकमा पर्ने सहजा पुल निर्माणकार्यमा सुगम निर्माण सेवाका सञ्चालक श्याम किशोर साहको लापरवाहीको कारण एक दर्जनभन्दा बढी धनजनको क्षति भएकोले पुल निर्माण कार्यमा खटिएका हुलाकी सडक आयोजनाका इन्जिनियर सुर्य नारायण मण्डल र सुपरभाइजर अभिनाश पाठकलाई आन्दोलनमा उत्रेका स्थानीय युवाहरुले नियणत्रणमा लिएर पुल निर्माणको कार्य तीव्र गतिमा सम्पन्न गर्ने विश्वनीय प्रतिवद्धता नभएसम्म नछाडने आन्दोलनरत युवा दिपेन्द्र यादवले बताउनुभयो ।
आन्दोलनकारीहरुको नियणत्रणमा रहेको इन्जिनियर मण्डलले सिरहा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा एक महिनामा नै पुल निर्माणको बाँकी कार्य सम्पन्न गर्ने विश्वास दिलाएपछि आन्दोलनमा उत्रेका युवाहरु आन्दोलन फिर्ता लिन सहमत भएको बताउनुभयो ।
बिहानैदेखि आनदोलनमा उत्रेका युवाहरुको मागलाई सम्बोधन गर्न र एक महिनाभित्रै पुल निर्माणको लागि जिल्ला प्रमुख अधिकारी सुरेन्द्र पौडेलको उपस्थितिमा लिखित सहमतिको लागि वातावरण बनेकोले आन्दोलन तत्काल फिर्ता लिइने स्थानीय टुडे खोजका पत्रकार सन्तोष यादवले बताउनुभयो ।
उहाँले भनुभयो,‘‘सहजा नदीमा पुल निर्माणको कार्य तीव्र गततिमा भयो भने एक महिनामा नै सम्पन्न हुने कार्यलाई वर्षैदेखि भइरहेको लापरवाहीको कारण आन्दोलन रहरले होइन,बाध्यता भएकोछ ।’’
घाइते हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलियाका २२ वर्षिय अभिषेक कुमार राय,पछाडि सवार ३९ वर्षिया दिपिका कुमारी उपाध्याय र २० वर्षिया प्रिति पटेल घाइते भएका छन् ।
घाइते तीनै जनाको उपचार प्रादेशिक अस्पताल सिरहामा संभव नभएपछि जननकपुरमा भइरहेको सिरहा प्रहरीले जनाएको छ ।