• २६ माघ २०८२, सोमबार

बढ्यो सुनचाँदीको भाउ

blog

काठमाडौँ,  माघ २६ गते । नेपाली बजारमा सुन र चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज सुन र चाँदीको मूल्य बढेको छ ।

महासङ्घका अनुसार सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला रु चार हजार एक सयले बढेर रु तीन लाख चार हजार ६०० पुगेको छ । साथै चाँदीको मूल्य आइतबारको तुलनामा प्रतितोला रु २४० ले बढेर रु पाँच हजार २५० मा कारोबार भइरहेको छ । रासस