• २६ माघ २०८२, सोमबार

ल्होसार कप : खुम्बुले खुन्डेलाई हरायो

blog

काठमाडौँ, माघ २६ गते । खुम्बु याम्बु शेर्पा समाजले १५औँ खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ ।

महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकको आयोनजामा भइरहेको प्रतियोगितामा खुम्बुले खुन्डे सामुदायिक क्लबलाई ३–१ गोलले हरायो । 

खुम्बुका लागि प्रनिल मगरले दुई तथा कर्मा शेर्पाले एक गोल गर्नुभयो। खुन्डेका पेमा वाङ्दीले सान्त्वना गोल फर्काउनुभयो । खुम्बुका प्रनिल ‘प्लेयर अफ दि म्याच’ घोषित हुनुभयो । दुई खेलमा खुम्बुको यो पहिलो जित हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा आयोजक मञ्चले खुम्जुङ युथ क्लबसँग गोलरहित बराबरी खेल्यो । दुई खेलमा मञ्चको दोश्रो बराबरी हो । यसअघि मञ्चले खुन्डेसँग गोलरहित बराबरी खेलेको थियो । 

आयोजक मञ्चका गोलरक्षक आशिष मगर ‘प्लेयर अफ दि म्याच’ चुनिनुभयो ।  मङ्गलबार नाम्चे युथ क्लब र खुम्बु युनाइटेड क्लब तथा ठामीछोवा फुटबल टिम र आमादब्लम युथ क्लब भिड्ने छन् ।