• ४ वैशाख २०८३, शुक्रबार

बाँसघारीमा ६० वर्षीय पुरुष मृत फेला

blog

शव फेला परेको स्थान । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 
ढल्केबर, वैशाख ४ गते।
धनुषाको बटेश्वर गाउँपालिका–४, स्थित बाँसघारीमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा सोही वडाका ६० वर्षीय जगतबहादुर थापा रहेको प्रहरीले जनाएको छ।

स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ।

मृत्युको कारण खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिनुभयो। शव परीक्षणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो।