• २६ माघ २०८२, सोमबार

कारागारबाट हतियार बरामद, १३ कैदीलाई सार्ने तयारी

blog

सिरहा जिल्ला सदरमुकारमस्थित सिरहा कारागार ।

जीवछ यादव

लहान, माघ २६ गते । सिरहा सदरमुकामस्थित कारागारमा जिल्ला सुरक्षा समिति सिरहाले सोमबार गरेको अनुगमनमा हतियार बरामद भएको छ ।

एकथान पेस्तोल र त्यसमा लाग्ने दुई थान गोली र काठमा काँटी ठोकिएको घरेलु हतियार बरामद भएपछि कारागारका नायक इन्द्रजीत यादवसहित १३ जनालाई कारागारबाट बाहिर निकालेर अन्यत्र सार्ने तयारी भइरहेको प्रमुख प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । 

उहाँकोअनुसार कारागार नै कब्जामा लिई बिहानैदेखि कारागारमा अप्रिय घटना घटाउन सक्ने सूचना जिल्ला सुरक्षा समितिले पाएपछि कारागारभित्र अनुगमन गर्दा हतियार बरामद भएको हो । 

नाइके यादवसहित १३ जनालाई कारागारबाट निकालेर अहिले जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखेर अन्त्र कारागारमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।