नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयम, संवाद र एकताले शान्ति समाधान खोज्न अपिल गर्नुभएको छ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार बिहान मैवाखोला गाउँपालिका –६ फाकुम्बाको भित्तेमा गएको पहिरोमा परी अन्दाजी ६० वर्षीय लाक्पाखाङ्डु शेर्पा र ५५ वर्षीया मिङ्मालाकी शेर्पाको मृत्यु भएको हो ।
जिल्ला कारागार बागलुङबाट कैदीबन्दीले भाग्ने प्रयास गरेपछि कारागारको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेनासहित तीनै तहका सुरक्षा निकाय कारागारको सुरक्षामा खटिएको कारागार व्यवस्थापनले जनाएको छ ।
नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा भएको दुःखद् घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ।
धादिङ कारागारभित्र कैदीबन्दीहरूले आगजनी गर्दै भाग्ने प्रयास गरेपछि सेना परिचालन गरी गोली प्रहार गरिएको छ ।
हुम्लाको सदरमुकाम सिमकोट आज बिहानैदेखि सुनसान देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय पाँचथरले सदरमुकाम फिदिम नगरपालिकाका मुख्य भागमा कर्फ्यू आदेश जारी गरेको छ । प्रशासनले सूचना जारी गर्दै आज अपरान्ह ३ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो ।
जेनजी आन्दोेलनकारीले कैलाली कारागार कार्यालयमा आगजनी र तोडफोड गरेपछि कारागारबाट भागेका केही कैदीबन्दी कारागार कार्यालयकोे सम्पर्कमा आएका छन् ।
जेनजीको नेतृत्वले ७७ जिल्लाबाट आएका प्रतिनिधि मिलेर संयुक्त दस्तावेज बनाउने बताएका छन्।
समूह ‘एफ’ मा लगातार दोस्रो जित निकाल्ने क्रममा पोर्चुगलले हङ्गेरीलाई ३–२ गोलले हरायो । यस्तै मङ्गरबार राति भएको समूह ‘डी’ को खेलमा फ्रान्सले आइसल्यान्डलाई २–१ गोलले पराजित गरेको छ ।
आन्दोलनको क्रममा मङ्गलबार जेनजीहरुले आगो लगाएका दुई भवनमा बुधबार जलेको अवस्थामा दुई महिलाका शव फेला परेको छ ।
कैद मुक्तको माग गर्दै अछाम कारागारका कैदीहरूले आन्दोलन गरेपछि केही घण्टा अछाम कारागार तनावग्रस्त भएको छ ।
जेनजी आन्दोलन मंगलबार सुर्खेतको राजधानी वीरेन्द्रनगरमा उग्ररूप लिएको छ। बिहान शान्तिपूर्ण जुलुसबाट सुरु भएको आन्दोलन साँझसम्म पुग्दा पार्टी कार्यालय, सरकारी अड्डा, नेताका निजी घरदेखि पेट्रोल पम्प र वडा कार्यालयसम्म ध्वस्त भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्ता रिन्जी शर्पाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बसेको सुरक्षा समितिको बैठकले विमानस्थल पुनः सुचारु गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
नेपाल बार एसोसिएसनले आम जनताको जीउधनको रक्षा र राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न सम्बद्ध सुरक्षा निकायको ध्यानाकर्षण गरेको छ ।