उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिका–२, छोसेरका २८ वर्षीय पेमा छिरिङ गुरुङले सिकर्मी छोडेर कोरला नाकामा व्यवसाय सुरु गर्नुभयो । छोसेर र ल्होमन्थाङ क्षेत्रमा सार्वजनिक भवन, व्यक्तिगत घर बनाउन जाने गुरुङ दुई वर्षअगाडिदेखि नेपाल–चीन जोड्ने उत्तरी कोरला नाकास्थित दसगजा क्षेत्रमा व्यापार गरिरहनुभएको छ । युवा व्यवसायी गुरुङले कोरला नाका घुम्न जानेलाई आफ्नो पसलमा लगेर सामान बिक्री गर्नेदेखि सीमापारि पुगेर सामान खरिद गरी मनग्गे आम्दानी गर्नुहुन्छ ।
धनकुटाको महालक्ष्मी नगरपालिकाले मध्यमहालक्ष्मी सडक कालोपत्रे गर्न सुरु गरेको छ । जितपुर बजारबाट सङ्खुवासभाको धर्मदेवी नगरपालिका जोड्ने करिब १०.५ किलोमिटरमध्ये यो वर्ष पाँच किलोमिटर
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाम्रा संस्कृति र संस्कारहरू हाम्रो पहिचानका स्तम्भ भएको बताउनुभएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले शिक्षा, जलस्रोतका क्षेत्रमा प्रदेशका जनतालाई सुविधा सम्पन्न गराएर अघि बढ्ने सङ्कल्प गरेको बताउनुभएको छ । उहाँले प्रदेशको विकासका लागि सङ्घीयता चाहिएको प्रमाणित भएको बताउनुभयो ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा मतदाता सङ्ख्या ३३ हजार नौ सय कायम भएको छ ।
जेनजी आन्दोलनपछिको राजनीतिक परिवेश र त्यसले महिला जनप्रतिनिधिको मनोविज्ञानमा पारेको प्रभावबारे नेपालगन्जमा गहन छलफल गरिएको छ । सञ्चारिका समूह बाँकेको आयोजनामा सम्पन्न छलफलमा आन्दोलनको पृष्ठभूमि, त्यसपछिका घटनाक्रम तथा ति घटनाले महिला नेतृत्वको निर्णय प्रक्रिया, कार्यशैली र जनतासँगको सम्बन्धमा ल्याएको परिवर्तनलाई केन्द्रमा राखेर बहस गरिएको हो ।
रुपन्देहीको बेलहिया–सुनौली सीमानाकाबाट माइती नेपालले सन् २०२५ को डिसेम्बर २५ सम्ममा बेचबिखनको जोखिममा परेका २०१ जना महिला तथा किशोरीलाई उद्धार गरेको छ । चेलीबेटी तथा बालबालिका बेचबिखनविरुद्ध कार्यरत गैरसरकारी संस्था माइती नेपालले सीमामा निगरानी, बेचबिखन रोकथाम, बेचिएकाको उद्धार तथा पीडितलाई परिवार र समाजमा पुनस्र्थापना गर्दै आएको छ ।
चार वर्षदेखि अलपत्र अवस्थामा रहेको मधुवन नगरपालिकाको कुसुम्बाबजारदेखि नगरपालिका कार्यालय जोड्ने सडक कालोपत्रे भएको छ । पटक पटक म्याद थप गर्दासमेत काम नगरेर हैरान पारेको निर्माण कम्पनीले अन्ततः कालोपत्रे गरेको छ ।
लालबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत ग्रिड सबस्टेसन निर्माण र विद्युत् प्रसारण स्तम्भ (इलेक्ट्रिकल टावर) खडा गर्ने काम अन्तिम चरणमा पुगेको छ । सर्लाहीका आधा दर्जन
प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाले भौतिक पूर्वाधार विकासलाई आफ्नो मुख्य एजेण्डा बनाउँदै रणनीतिक सडक सञ्जाल विस्तारको कार्यलाई तीव्र गतिमा अगाडि बढाएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेशभित्र बसोबास गर्ने जातजातिका संस्कृतिहरूको संरक्षण गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ ।
प्रथम मानाभारा गोल्ड कप मङ्गलबारबाट सुरु हुँदै छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा मानाभारा युथ स्पोर्टिङ क्लबको आयोजनामा प्रथम मानाभारा गोल्ड कप आजबाट सुरु हुने भएको हो ।
बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ थप ५० योजनाका लागि रु एक करोड ३९ लाख बजेट विनियोजन गरेको छ ।
बहुविवाह मुद्दामा कैद तथा जरिवानाको फैसला भएपश्चात फरार रहेकी एक महिला प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।