• १४ पुस २०८२, सोमबार

सन् २०२५ मा स्पेन पुग्ने प्रयासमा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु : अधिकार समूह

blog

मेड्रिड, पुस १४ गते । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । आप्रवासीको लागि प्रवेस गर्ने सिमा घटेको कारण सन् २०२४ को सङ्ख्यामा तीव्र गिरावट आएको समूहले जनाएको छ । 

क्यामिनान्डो फ्रन्टेरास (पैदल सीमा) मा डिसेम्बर-१५ सम्ममा राखेको रेकर्ड अनुसार तीन हजार ९० जनाको मृत्यु भएको छ  भने अधिकांश मृत्यु अफ्रिकाबाट स्पेनको क्यानरी टापुमा एट्लान्टिक माइग्रेसन मार्गमा भएको थियो, जसलाई विश्वको सबैभन्दा खतरनाक मार्ग मानिन्छ । क्यानरीमा आप्रवासी आगमनमा “उल्लेखनीय” कमी आएको भए पनि गिनीबाट प्रस्थानसँगै द्वीपसमूहमा “नयाँ, अधिक टाढाको र अधिक खतरनाक” मार्ग देखा परेको जनाइएको छ । 

समूहले आप्रवासीका परिवारबाट तथ्याङ्क र उद्धार गरिएका व्यक्तिको आधिकारिक तथ्याङ्क सङ्कलन गर्दछ । मृतकमध्ये ४३७ बालबालिका र १९२ महिला रहेको समूहले जनाइएको छ । क्यामिनान्डो फ्रन्टेरास सिमाले अल्जेरियाबाट मुख्यतया भूमध्ये सागरको इबिजा र फोरमेन्टेराको छुट्टी टापुमा पुगाउने डुङ्गाको सङ्ख्यामा वृद्धि भएको पनि जनाएको छ । परम्परागतरूपमा अल्जेरियालीले प्रयोग गर्ने यस मार्गमा सन् २०२५ मा सोमालिया, सुडान र दक्षिण सुडानबाट आप्रवासीको सङ्ख्या बढेको देखिएको समूहले जनाएको छ ।

सन् २०२४ मा समुद्रमार्फत् स्पेन पुग्ने प्रयासमा कम्तीमा दश हजार ४५७ आप्रवासीको मृत्यु वा बेपत्ता भएको जनाइएको छ । जुन सन् २००७ मा ट्र्याकिङ डाटा सुरु भएदेखि रेकर्ड गरिएको सबैभन्दा बढी सङ्ख्या हो । स्पेनको आन्तरिक मन्त्रालयले यस वर्षको डिसेम्बर-१५ सम्म ३५ हजार ९३५ आप्रवासी स्पेन पुगेको बताएको छ, जुन गत वर्षको समान अवधिको तुलनामा ४० प्रतिशतले कम हो । ती मध्ये अधिकाशं पश्चिम अफ्रिकाको तटबाट क्यानरी टापुमा एट्लान्टिक आप्रवासन मार्गबाट आएको जनाइएको छ । रासस/एएफपी