शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), पुस १४ गते । अनलाइन जागीरमार्फत रकम कमाउन सकिन्छ भन्दै विभिन्न प्रलोभन देखाएर रकम ठग्ने दुई जना पक्राउ परेका छन् । गुल्मी धुर्कोट गाउँपालिका वडा –३ हाडहाडे बस्ने २९ बर्षिया एक महिलाको २६ लाख ९६ हजार ६५२ रुपियाँ ठग्ने बिरगञ्ज उपमहानगरपालिका वडा २१ बस्ने वर्ष २६ को श्रवणकुमार पटेल काठमाडांैंबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।
त्यस्तै कैलाली लम्कीचुहा नगरपालिका वडा ६ बस्ने वर्ष ४७ को विष्णुबहादुर रावललाई पनि काठमाडौबाट पक्राउ गरिएको सारुले जानकारी दिनुभयो । ऊनीहरुलाई गुल्मी जिल्ला अदालतबाट म्यादथप भई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सारुले बताउनुभयो ।