खेमराज सापकाेटा
रानी-माेरङ, पुस १४ गते । मोरङको इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त प्रहरी टोलीले एम्बुलेन्समा लैजाँदै गरेको ५२१ किलो लागूऔषध गाँजा बरामद गरेको छ भने हवाई फायर गरी २ जनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा गएराति केराबारी गाउँपालिका–५ स्थितमा चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ प्र.१–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई छोडेर मानिसहरु भाग्न खोजेपछि प्रहरीले हवाई फायर गरी धनकुटा शहीदभूमि–६ का निश्चल राई र साँगुरीगढी–२ का खगेन्द्र लिम्बूलाई नियन्त्रणमा लिएको छ हो ।
यसैगी एम्बुलेन्सभित्र १६ वटा पोका बनाएर लुकाई छिपाई राखेको ५ सय २१ किलोग्राम लागु औषध गाँजासमेत प्रहरीले बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ ।