पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिनु भएको छ ।
अपाङ्गता भएका आदिवासी जनजाति, सीमान्तकृत समुदायको आवाजलाई सञ्चार माध्यमले अझै प्राथमिकता दिन नसकेको सरोकारवालाहरुले गुनासो गर्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज पोखरास्थित विभिन्न कार्यालयको निरीक्षण तथा भेटघाट गर्नुभएको छ।
प्रहरीले क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई पक्राउ गरेको छ ।
नेपाली कांग्रेसले राष्ट्रियसभाको अधिवेशन अविलम्ब बोलाउन माग गर्दै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेटवार्ता गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पछिल्लो समय सबै राजनीतिक दल निर्वाचनमा होमिएकाले मुलुकमा निर्वाचनको वातावरण बनेको बताउनुभएको छ ।
दाङको घोराहीमा पवित्रादेवी स्मृति टी–२० क्रिकेट प्रतियोगिता–२०८२ सुरु भएको छ ।
पाँचथरको फिदिम नगरपालिका ४ मा रुखबाट लड्दा ८० वर्षीय वृद्धको निधन भएको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रप्रति समर्पित अनुशासित, नैतिकवान, इमानदार र कर्तव्यनिष्ठ नागरिक तयार गर्न राष्ट्रिय सेवा दलले वहन गरेको भूमिकाको प्रशंसा गर्नुभएको छ ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको यही पुस १२ गते बसेको बैठकले गरेका निर्णय कार्यान्वयनका लागि निर्देशन दिएको छ ।
मोरङको विराटनगर–१५ स्थित रानी क्षेत्रमा स्राेत नखुलेको नेपाली नगदसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ४७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ४२ को बिन्दुमा कायम भएको हो ।
नेपाल राष्ट्र बैँकले चाँदी आयातका लागि पाइने विदेशी मुद्राको सटही सुविधामा हेरफेर गरेको छ ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरी सरोकारवालालाई त्यसमा भएका व्यवस्थाहरुबारे सार्वजनिक जानकारी गराएको छ ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि अस्थायी मतदाता सङ्कलन सुरु गर्ने भएको छ ।