स्थानीय तहमै विवाद समाधानका लागि स्थापित स्थानीय तहका न्यायिक समित विवाद समाधानमा सक्रिय बन्दै आएका छन् ।
गण्डकी प्रदेश नीति तथा योजना आयोग र दायित्व ललितपुरबिच ‘मुख्यमन्त्री सार्वजनिक सुशासन फेलोसिप’ कार्यक्रम सञ्चालन गर्न सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको कालीकोटको महाबै गाउँपालिकाको केन्द्रलाई सेराबाडा–पादमघाट सडकसँग जोड्न ठेक्का प्रक्रिया सुरु भएको छ । गत महिना कर्णाली प्रदेशको भौतिक योजना तथा सहरी विकास मन्त्रालय र विश्व बैङ्कको संयुक्त लगानीमा ५१ करोड रुपियाँ बजेट स्रोत सुनिश्चित भएपछि ट्यागसहित कालोपत्रेका लागि एक महिना अवधि राखेर गत पुस ७ गते ठेक्का आह्वान भएको हो ।
महिला सहभागिता बढाउन कानुन बाध्यकारी अवस्था नहुँदा महिला समावेशी न्यून हुने गरेको पाइएको छ । जुन कानुनमा महिला अनिवार्य भनिएको छ, त्यसमा मात्रै सहभागिता हुने गरेको तर जहाँ बाध्यकारी छैन, त्यहाँ महिलाको सहभागिता न्यून हुने गरेको पाइएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको नामावली सिफारिस गरेको छ ।
गत भदौ १३ गते दिउँसो १५ वर्षीय एक किशोरीले विवाहित दिदीलाई फोन गर्नका लागि मोबाइलमा नम्बर डायल गर्नुभयो । नम्बरको अन्तिम अङ्क गलत डायल भयो, त्यस कारणले नम्बर एक जना पुरुषको नम्बरमा पुग्यो । पुरुषले फोन उठाए पनि किशोरीले फोन काट्नुभयो ।
तनहुँ, चितवन र नवलपुर जिल्लाको सङ्मस्थल एवम् प्रसिद्ध तीर्थस्थल देवघाटधामलाई ‘प्लास्टिकमुक्त क्षेत्र’ घोषणा गरिएको छ ।
कुनै पनि मुलुकमा शान्तिसुरक्षाले उच्च प्राथमिकता पाउँछ, पाउनु पर्छ । राज्यको पहिलो कर्तव्य नै देश र नागरिकको सुरक्षा गर्नु हो । देशमा अशान्ति हुने धेरै कारण हुन्छन् । कतिपय आन्तरिक र कतिपय बाह्य कारणले विश्वका धेरै मुलुक अशान्तितिर धकेलिएका हुन्छन् । बाह्य कारणले अशान्ति हुनेमा विदेशी नागरिकको भूमिका समेत कतिपय सन्दर्भमा कारक हुने गर्छ । पर्यटन व्यवसाय
युवा गजलकार गुरुप्रसाद ढकालको पहिलो साहित्यिक कृति ‘रात्री आकाश’ को लोकार्पण एवम् वालिङ गजल उत्सव– २०८२ गरिएको छ ।
साधन र स्रोतलाई भोलिका दिनमा प्रतिफल आउने आशामा आज गरिने प्रयोग नै लगानी हो । लगानी पैसा, समय, श्रम, नाम, ट्रेड मार्क आदि हुन सक्छ । लगानीबाट प्राप्त हुने प्रतिफल लगानीकर्ताले बहन गर्ने जोखिमका आधारमा निर्भर हुन्छ । बढी प्रतिफल प्राप्त गर्ने चाहना राख्ने लगानीकर्ताले जोखिमको भार पनि बढी नै वहन गर्नु पर्छ । कम जोखिम वहन गर्दा प्रतिफल पनि कम नै प्राप्त हुने गर्छ । ब
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा आयोजना गरेको निर्वाचनलक्षित छलफलमा सहभागी भएपछि बाहिर निस्केर एमालेका एक नेताले भन्नुभयो, “प्रधानमन्त्रीले आज बोलाएका बैठकले नै संसद् पुनस्र्थापना गर्ने मा
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता समावेश हुने भएका छन् ।
नेपालका लागि वैदेशिक रोजगार केवल व्यक्तिगत रोजगारीको माध्यम मात्र होइन । यो राष्ट्रिय अर्थतन्त्र र सामाजिक संरचनाको पनि एक प्रमुख आधारशिला बन्दै गएको छ । हालका वर्षमा वैदेशिक रोजगारीले नेपाली अर्थतन्त्रलाई गतिशील बनाउने काम गरेको छ । यसले देशका करिब ६० प्रतिशत घरपरिवारको चुलो बालेको छ र अन्य महìवपूर्ण आर्थिक सहायता गरेको छ । यसैलाई दृष्टिगत गरी सरकारले निरन्तर रूपमा वैदेशिक रोजगारलाई व्यवस्थित, सुरक्षित र विकासमुखी बनाउने दिशामा नीतिगत, संस्थागत, व्यवस्थापकीय र कूटनीतिक प्रयास गर्दै आएको छ ।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु–कुहिरो रहनेछ ।