मानिसको पुस्तान्तरणको अन्तर जुगानुजुगदेखि चल्दै आएको छ । पुस्ता बदलिन्छ र विचार पनि बदलिन्छ । एकअर्काबिचको सम्बन्ध फरक हुन्छ । खाने चिज फरक हुन्छ, लगाउने कपडा फरक हुन्छ । किन्न जाने पसल, उपभोग गर्ने वस्तु पुस्तासँगै बदलिन्छ । आज देखिएको सोच र प्रविधिले जीवन शैलीमा ठुलो परिवर्तन ल्याएको छ । आज जेनजीका माग र आन्दोलन पनि यसै गरी
पर्वत जिल्लामा रहेर लामो समयदेखि पत्रकारितामा क्रियाशिल माया अधिकारी बागलुङको आदर्श सञ्चार सहकारीमा स्थापित सिर्जनशील पत्रकारिता पुरस्कार २०८२ बाट पुरस्कृत हुनुभएको छ ।
जाजरकोटमा ज्येष्ठ नागरिक, अशक्त, एकल महिलालाई फाइवर सिरक वितरण गरिएको छ । सदरमुकाम खलङ्गास्थित भेरी नगरपालिका–३ वृद्धाश्रममा मानविय परोपकारी संस्था काठमाडौँले वृद्धवृद्धालाई चिसोबाट जोगाउन फाइवर सिरक वितरण गरिएको हो ।
कस्तो नेतालाई शासकीय भूमिकामा देख्न चाहनुहुन्छ, उसको विगत कस्तो छ, आफूले छानेका प्रतिनिधिले सोचे अनुसारको काम गर्न सकेन भने के गर्ने ? त्यसमा लेखाजोखा चुनावमा मतदान गर्नुअघि नै गर्नु पर्छ ।
सोह्रौँ योजना (२०८१/८२–२०८५/८६) ले सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने उद्देश्य राखेको छ । सुशासनमार्फत नै सामाजिक न्याय र समृद्धि हासिल गर्न सकिने र सामाजिक न्यायसहितको समृद्धिमा समाजवादी विशेषता अन्तर्निहित हुने पनि योजनाको सोच छ । योजनाको मूल उद्देश्य आमनागरिकले आफ्नो जीवनमा अनुभूत गर्न सक्ने विकास र सुशासन हासिल गर्नु रहेको छ ।
गुल्मीका चार सयभन्दा बढी विद्यार्थीको मुटु परीक्षण गरिएको छ । गुल्मी अस्पतालमा सञ्चालित काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको आयोजना र नेपाल हृदय रोग निवारण प्रतिष्ठान, गुल्मीको सहजीकरणमा तम्घासस्थित महेन्द्र मावि र रेसुङ्गा माविका विद्यार्थीहरुको मुटु परीक्षण गरिएको हो ।
माघ (माघी) आउन अझै करिब दुई हप्ता भए पनि थारू बस्तीहरूमा भने यस पर्वको चहलपहल सुरु भइसकेको छ ।
भरतपुर महानगरपालिका–२२ को आयोजनामा पश्चिम चितवनको भरतपुरको पटिहानीमा सांस्कृतिक चित्रकला कार्यशाला तथा कविता सिर्जना कार्यक्रम सम्पन्न भएको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लागि सिरहा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको केन्द्रीय सदस्य एवम् पूर्व न्याय कानुन तथा संसदीय व्यवस्था मन्त्री लिालानाथ श्रेष्ठको एकल नाम सिफरिस भएको छ ।
गुल्मीमा क्रिकेट प्रतियोगिता हुने भएको छ । खुकुरी युथ क्लबको आयोजनामा इश्मा गाउँपालिकामा अवस्थित बीपी पार्क खेलमैदानमा जिल्लास्तरीय अन्तर विद्यालय (कक्षा १० सम्म) छात्र क्रिकेट प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष निशान टण्डनले जानकारी दिनुभयो ।
सरकारले सुरक्षाको प्रत्याभूति गराए नेपालको निजी क्षेत्र थप लगानी गर्न तयार रहेको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभएको छ । चितवन उद्योग वाणिज्य सङ्घको ५९ औँ वार्षिक साधारण सभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा उहाँले यसमा महासङ्घले पनि समन्वय गर्ने बताउनुभएको हो । कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रलाई सम्मानको दृष्टिले हेर्नुपर्नेमा जोड दिनुभयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक विकासका लागि लगानीको वातावरण बनाउनु अपरिहार्य भएको बताउनुभएको छ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घको २५ औँ वार्षिक साधारण सभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा उहाँले लगानीकर्ताको लगानी सुरक्षित नभएसम्म उद्योग व्यवसाय फस्टाउन नसक्ने बताउनुभयो ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावको लागि स्याङ्जाका दुई निर्वाचन क्षेत्रबाट २१ जनाको नाम सिफारिस भएको छ । एमालेको क्षत्रीय समितिले १ बाट ६ जना र २ बाट १५ जनाको नाम सिफारिस गरेको हो ।
मुगुको विभिन्न गाउँबस्तीमा फल्ने लोपोन्मुख रैथाने खाद्यबाली चिनो अहिले घरबाटै बिक्री हुन थालेको छ । स्थानीय व्यापारी जिल्लाका गाउँबस्तीमै आएर चिनो खरिद गर्न थालेपछि किसान पनि खुसी भएका छन् ।