प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले प्रारम्भिक तयारीका काम सुरु गरेको छ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार राति भएको खेलमा श्रीलङ्काले हङकङलाई चार विकेटल हरायो । जितका लागि हङकङले दिएको एक सय ५० रनको लक्ष्य श्रीलङ्काले १८.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।
कारागार कार्यालय गौर रौतहटबाट भागेका कैदीबन्दी आफै सम्पर्कमा नआए तोकिएको सजायमा थप ५ वर्ष कैद सजाय हुने भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई निर्देशन दिनुभएको छ। उहाँले आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै उक्त निर्देशन दिनुभएको हो।
नेपालले श्रीलङ्काको कोलम्बोमा जारी साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सडकको अवस्था हेरेर मात्रै दसैँका लागि अग्रिम ‘बुकिङ’ खुला हुने जनाएको छ ।
पोखराका उद्योगी, व्यवसायीले शान्तिको कामना गर्दै मङ्गलबार मौन शान्ति पदयात्रा गरेका छन् ।
कोरला नाका १४ किलोमिटर दूरीमा रहेको भन्सार कार्यालयको बाहिरी क्षेत्रमा सवारीसाधनसहितका सामानले भरिएको छ । विद्युतीय गाडी दसैँ अगाडी करिब ५ सय वटा भित्रिने जानकारी आएको भन्सार कार्यालयले जनाएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नवपुस्ता (जेनजी) आन्दोलनको क्रममा भौतिक संरचनामा भएको क्षतिको आज अनुगमन गर्नुभएको छ।
धरान उपमहानगरपालिकामा जेनजी आन्दोलनको क्रममा तोडफोड, आगजनी गर्नेहरुलाई स्थानीय तथा राजनीतिकर्मीहरुले कारबाहीको माग गरेका छन्।
विषाक्त रक्सीले बाराको सुवर्ण गाउँपालिका–३, पचगछिया टोलमा तीन जनाको मृत्यु भएको छ ।
विद्यार्थी नेतृत्वको विद्रोहपछि पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षे निरङ्कुश शासन अन्त्य हुँदै निर्वासनमा भाग्न बाध्य भएपछि बङ्गलादेश राजनीतिक उथलपुथलमा छ ।
पाकिस्तानी सेनाले अफगानिस्तानसँगको सीमा नजिक दुई अलग कारबाहीमा ३१ जना स्थानीय तालिबान लडाकू मारिएको दाबी गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषद्ले नियुक्त गरेको स्वतन्त्र विज्ञको टोलीले इजरायलले गाजामा नरसंहार गरेको निष्कर्ष निकाल्दै मङ्गलबार प्रतिवेदन सार्वजनिक गरेको छ ।