आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
गुल्मीको सत्यवती गाउॅपालिका–८ स्थित भार्से गाउँ ।
शनिबार सम्पन्न भएको फाइनलमा लालीगुराँस स्पोर्टिङ युवा क्लब सुरुम्खिमलाई पराजित गर्दै माछापोखरी हिटी क्लब चाँगेले उपाधि जितेको छ । फाइनल खेलमा ३–० गोलले लालीगुराँसलाई पराजित गर्दै माछापोखरीले प्रथम आमन्त्रित मानाभरा गोल्डकपको उपाधि जितेको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारू समुदायको मौलिक कला र संस्कृतिलाई पर्यटनसँग जोडेर अघि आयआर्जनमा अघि बढाउनुपर्ने बताउनुभएको छ । थारू कल्याणकारिणी सभा दाङद्वारा शनिबार घोराहीमा आयोजित माघ सांस्कृतिक महोत्सव–२०८२ को उद्घाटन गर्दै उहाँले कला र संस्कृतिको संरक्षण तथा प्रबर्धन गर्दै व्यावसायिक रूपमा पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो ।
कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा लगायतको टोली प्रदेश सरकारले सञ्चालनले गरेका विभिन्न योजनाहरुको स्थलगत अनुगमनको लागि रुकुमपश्चिम हुँदै डोल्पा पुगेको छ।
ताप्लेजुङमा सम्पन्न सङ्घीय मेला भलिबल उपाधि थुम्बेदिनले जितेको छ। सङ्घीय मेलाको अवसरमा खेलाइएको अन्तर वडास्तरीय भलिबल प्रतियोगितामा आम्बेगुदिनलाई ३–१ को सेटमा हराउँदै थुम्बेदिनले उपाधि जितेको हो।
पछिल्लो पटक युवामाझ लोकप्रिय बन्दैगएका एमाले नेता सुहाङ नेम्वाङलाई नेकपा (एमाले) इलाम क्षेत्र–२ ले प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।
नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले आगामी निर्वाचनमा नेपाली कांग्रेस, नकेपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच मोर्चाबन्दी हुनसक्ने बताउनुभएको छ ।
नवलपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
इजरायली सेनाले दक्षिण लेबननमा शान्ति सैनिकको नजिक दुई पटक गोली चलाएको भन्ने कुरा संयुक्त राष्ट्र अन्तरिम फोर्स इन लेबनन (युनिफिल)ले शुक्रबार जनाएको छ ।
भारतले देशको मध्य क्षेत्रमा लामो समयदेखि चलिरहेको विद्रोहलाई दमन गर्ने अभियानका क्रममा भारतीय सुरक्षा बलले शनिबार दुई झडपमा १४ जना माओवादी विद्रोही लडाकुको हत्या गरेको प्रहरीले जनाएको छ ।
लहान नगरपालिका उत्तरी भेगमा पर्ने वडा १६ आरी दमारमा शुक्रबार राति प्रवेश गरेको जङ्गली हात्तीको आतङ्कले स्थानीयहरू त्रसित भएका छन् ।
अमेरिकाको एरिजोनाको पहाडी क्षेत्रमा शुक्रबार एक निजी हेलिकाेप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । पिनल काउन्टी शेरिफको कार्यालयले सामाकिस सञ्जाल फेसबुकमा राज्यको राजधानी फिनिक्स नजिकैको सुपीरियर सहर नजिकै हेलिकप्टर दुर्घटना भएको बताएको छ ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकाले भेनेजुएलाको विरूद्ध ठुलो आक्रमण गरेको उल्लेख गर्दै वर्तमान राष्ट्रपति निकोलस मादुरो र उहाँकी श्रीमतीलाई पक्राउ गरी देश निकाला गरिएको बताउनु भएको छ ।
युक्रेनले शनिबार आफ्ना प्रमुख सुरक्षा साझेदार देशका सुरक्षा सल्लाहकारसँग महत्त्वपूर्ण वार्ता आयोजना गरेको छ ।