जिल्ला प्रहरी कार्यालय सप्तरीले पछिल्लो समय जिल्लामा ह्याकर समूह सक्रिय रहेको जनाएको छ । पछिल्लो केही समयता ह्याकर गिरोह सक्रिय भएकाले सबैलाई सचेत रहन प्रहरीले अनुरोध गरेको छ ।
कवयित्री निरञ्जना चन्द ९निरु०द्वारा लिखित कविता सङ्ग्रह ‘वनफूलको विद्रोह’माथि विमर्श गरिएको छ । सिम्ताली एकता समाज सुर्खेतले शनिबार सुर्खेत वीरेन्द्रगनरमा आयोजित विमर्श कार्यक्रममा कविता सङ्ग्रहमाथि मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापकद्वय डा रेशम विष्ट र वासुदेव पाण्डेयले समीक्षा गर्नुभयो ।
सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पाँच महिनामा रु चार करोड ७० लाख ९३ हजार ४९७ मूल्यको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ ।
थारू समुदायको मौलिक पहिचान बोकेको देउथान/मरुवा (थन्वा)/ भुइँयालाई पक्की बनाउने नाममा स्थानीय सरकार नै यो समुदायको पहिचान मास्न उद्दत रहेको पाइएको छ । कैलाली, कञ्चनपुरमा स्थानीय तहले थारू समुदायको देउथान, मरुवा र रानाथारू समुदायको भुइँया (देवता घर) लाई पक्की बनाउने नाममा मौलिक पहिचान मास्न थालेको देखिएको हो ।
वसन्तपुर बजार गुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले ९टिएमजे०क्षेत्र प्रवेश गर्ने प्रवेशद्वार हो । यहाँस्थित लालीगुराँस नगरपालिकाको सेवा केन्द्र रहेको पर्यटकीय बजार पुग्दा मुख्य चोकको बीच सडकमा निर्मित लालीगुराँसको स्तम्भले सबैभन्दा पहिले स्वागत गर्छ ।
सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा दार्चुलामा पाँच वटा नयाँ विद्यालय भवन निर्माण भइरहेको पाइएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालयमार्फत विद्यालय भवन निर्माण भइरहेको कार्यालय प्रमुख रामचन्द्र ओझाले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश सरकारलाई कर्मचारी व्यवस्थापनमा सकस भएको छ । प्रदेशले गरेको सङ्गठन तथा व्यवस्थापन अनुसार स्वीकृत भएका दरबन्दी अनुसारका कर्मचारी नआउँदा सकस भएको हो ।
मङ्गला गाउँपालिका–२ ताराखेतका बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकम परिचालन गरेर सडकबत्ती जडान गरेका छन् ।
सर्लाहीसहित मधेश प्रदेशका जिल्लामा पुनः शीतलहर सुरु भएपछि जनजीवन कष्टकर बनिरहेको छ । बिहीबार र शुक्रबार दिउँसो पारिलो घाम लागेपछि शनिबारदेखि पुनः शीतलहर भएपछि जनजीवन कष्टकर भएको हो ।
धौलागिरी प्रादेशिक अस्पतालले आफ्नो विशेष नवजात हेरचाह एकाइ एसएनसियुलाई नियोनाटल इन्टेन्सिभ केयर एकाइ एनआइसियुमा सफलतापूर्वक स्तरोन्नत गरेपछि ऐतिहासिक उपलब्धी हासिल गरेको छ ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – ३ का तीन गाउँका स्थानीय तीन सातादेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।
ताजा जनादेशका निम्ति हुन लागेको प्रतिनिधि सभाको निर्वाचन आउन अब दुई महिना मात्र बाँकी छ । प्रतिनिधि सभाको संरचना समानुपातिक र प्रत्यक्ष निर्वाचन पद्धतिबाट पूरा हुने संवैधानिक व्यवस्था छ । समानुपातिक निर्वाचनका निम्ति उम्मेदवारको बन्दसूची प्रस्तुत गर्ने समयसीमा पनि पूरा भइसकेको छ । निर्वाचन आयोगले बन्दसूचीको नामावली समानुपातिक र समावेशी संवैधानिक मर्म अनुरूप भए नभएको जाँचबुझ गरिरहेको छ । आयोगले निर्वाचन तयारीमा कुनै कमी हुन नदिई अगाडि बढाइरहेको छ । भदौ २३ र २४ गतेको नवपुस्ता अर्थात् जेनजी
नेपालको संविधानले सङ्घीय सांसदलाई सार्वभौम जनताको प्रतिनिधिका रूपमा कानुन बनाउने, सरकारलाई नियन्त्रण तथा सन्तुलनमा राख्ने र राज्यको स्रोतसाधनको बाँडफाँट (बजेट) गर्ने सर्वोच्च जिम्मेवारी सुम्पेको छ । संविधानले सङ्घीय सांसदसँग यस्तो अपेक्षा गरे पनि अहिले समानुपातिक सांसदका उम्मेदवार र प्रत्यक्ष उम्मेदवारको तयारी गरिरहेकाहरूले यो पक्षलाई पटक्कै ख्याल राखेको देखिँदैन । सम्भावित तथा प्रस्तावित सांसदहरूले विकास गर्छु, कुलो नाला बाटो बनाउँछु, एयरपोर्ट बनाउँछु भन्ने जस्ता मुद्दामा बोलिरहेको देखिन्छ ।
आइतबार देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु/कुहिरो रहनेछ ।
राजविराज नगरपालिका–६ खर्साल टोलमा शनिबार राति आगलागी भएको छ । स्थानीय जगदेव यादवको गोठघरमा अचानक आगलागी हुँदा गोठघर तथा परालको कुन्यु जलेर आगलागी हुँदा करिब एक लाख रुपियाँ बराबरको क्षति भएको छ ।