जेनजी आन्दोलनको क्रममा आगजनी भएका सरकारी कार्यालय सकेसम्म छिटो सरसफाइ गरेर जनतालाई सेवा दिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले कर्मचारीलाई निर्देशन दिनुभएको छ।
गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्लेका अनुसार भदौ २३ र भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएका मृतकको सम्मानमा सरकारले बुधबार राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको जानकारी दिनुभयो।
जेनजी प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका छ वटा शव विभिन्न जिल्ला पठाइएको छ। भादौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका शव विभिन्न जिल्ला पठाइएको हो।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका सहिदको अन्त्येष्टि गरिएको छ। नेपाल सरकारका मन्त्रीले राष्ट्रिय झन्डा ओढाएर राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको हो।
जेनजी आन्दोलनका क्रममा ताप्लेजुङमा चार राजनीतिक दलको कार्यालय तोडफोड हुँदा करिब चौरासी लाख रुपियाँ बराबरको क्षति भएको छ । जेनजी आन्दोलनका नाममा गएको मङ्गलबार राति गरिएको पार्टी कार्यालय तोडफोडबाट चार राजनीतिक दलको मात्र उक्त रकम बराबरको क्षति भएको हो ।
सेवा र निर्माण क्षेत्रले भर्तीलाई निरन्तरता दिँदा अगस्ट महिनामा श्रीलङ्कामा रोजगारी वृद्धि भएको छ ।
गत हप्तादेखि निरन्तर परेको भारी वर्षाले बोर्नियो टापुको सबाह राज्यमा भूस्खलन हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको समाचार मङ्गलबार सार्वजनिक भएको छ ।
गाजामा पछिल्लो दुई दिनयता इजरायली सैन्य कारबाही तीव्र बनेपछि संयुक्त राष्ट्रसङ्घले यसलाई कडा शब्दमा निन्दा गरेको छ । यस आक्रमणमा दर्जनौँ मानिसको मृत्यु हुनुका साथै धेरै घाइते भएको जनाइएको छ ।
चीन र दक्षिणपूर्वी एसियाका केही प्राचीन समाजले आफ्ना मृतकलाई धुवाँले सुकाउने अभ्यास गरेका थिए भन्ने नयाँ अनुसन्धानले देखाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुग्नुभएको छ । बेलायत सरकारले अस्थिर मानिएका ट्रम्पलाई सन्तुष्ट पार्न कुनै कसर बाँकी राखेको छैन ।
जेनजी आन्दोलनपछि फुटबलका गतिविधि स्थगित गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग पनि तत्काल नगर्ने छनक देखाएको छ ।
एक रातको तीव्र हवाई आक्रमणपछि इजरायली सेनाले मङ्गलबार गाजा सहरमा ‘हमासको सैन्य पूर्वाधार नष्ट गर्न’ व्यापक अपरेसन सुरु भएको घोषणा गर्दै बासिन्दालाई दक्षिणतर्फ सर्न चेतावनी दिएको छ ।
नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्य तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।
‘जेनजी’ आन्दोलनका क्रममा सर्वोच्च अदालत परिसरमा ५२ सवारी साधन जलेका छन् भने थप विवरण आउने क्रम जारी छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको ‘मानहानी र बदनामी मुद्दा’ दायर गर्ने घोषणा गर्नु भएको छ ।