नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्षहरूले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा लगानी बढाउने सङ्केत गर्नु भएको छ ।
सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन सुरु भएको छ । करिब तीन साता अघिदेखि उत्पादन ठप्प रहेको ७३ मेगावट क्षमताको विद्युत उत्पादन पुन सुरु भएको हो।
सशस्त्र प्रहरी बल नेपालको २५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज बिहान कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट पूर्व–पश्चिम झण्डा मार्च सुरु भएको छ ।
नेकपा एमालेका उपमहासचिव एवम पूर्व उपप्रधान मन्त्री रघुविर महासेठले अझै पनि देशमा चुनावी वातावरण तयार हुन नसकेको भन्दै निर्धारित फागुन २१ गते चुनाव गराउनका लागि सरकारले वातावरण तयार गर्नुपर्ने धारणा राख्नुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग आज थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेट गरेको छ।
प्राचीन कपिलवस्तु राज्यको राजधानी नगर तिलौराकोट क्षेत्र वरिपरि रहेका महत्वपूर्ण पुरातात्विक स्थल संरक्षणका लागि जग्गा अधिग्रहण गरिने भएको छ ।
गोरखा र चितवनको सिमानमा रहेको इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनघाट क्षेत्रमा शनिबार बेलुका त्रिशुली नदीमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता भएका छन् ।
जल तथा मौसम विज्ञान विभागले अझै केही महिना वर्षा सरदरभन्दा कम हुने आकलन सार्वजनिक गरेको छ । सार्वजनिक आकलनअनुसार यही पुस १७ देखि आगामी फागुन १६ गतेसम्मको अवधिमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको विभागले जनाएको छ ।
नेकपा (एमाले) लमजुङले प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङसहित ६ जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको जिल्ला कमिटी बैठकले उपाध्यक्ष गुरुङसहित ६ जनाको नाम सिफारिस गरेको हो ।
हेटौँडामा ट्राफिक प्रहरीलाई ठक्कर दिएर फरार भएका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–५, गर्दैई बस्ने ४६ वर्षीय बासुदेव आचार्य रहेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मिलेर अगाडि बढ्न सकिने बताउनुभएको छ ।
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी फागुन २१ गते हुने निर्वाचन विगतको भन्दा अलिक फरक रहेको बताउनुभएको छ । गृहजिल्ला ताप्लेजुङको फुङलिङ बजार पुग्नुभएको भट्टराईले यस्तो बताउनुभएको हो ।
यहाँस्थित रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधन आयात हुन थालेका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैँडाकोटमा ट्रकले पैदल यात्रुलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
सदरमुकाम बेनीमा सुविधासम्पन्न भलिबल कभर्डहल निर्माण लागि सहयोग अभियान थालिएको छ । जिल्ला भलिबल संघ म्याग्दीले जग्गा खरिद र कभर्डहल निर्माणका लागि शनिबारदेखि सहयोग सङ्कलन अभियान सुरु गरेको हो ।