आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले तनहुँले दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ ।
ज्योतिषशास्त्र भन्नेबित्तिकै चिना–टिप्पन बनाउने, फलादेश (कुण्डली–राशिफल लेख्ने–हेर्ने) भन्ने बुझाइ छ तर त्यसका लागि पनि ग्रहको गणित आवश्यक पर्छ । त्यसैले ज्योतिषशास्त्रलाई गणित र फलित गरी दुई भागमा बाँडेर अध्ययन तथा प्रयोग गरिन्छ ।
सन् १९५३ मे मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको १० वर्षपछिसम्म थप १३ जना सगरमाथाको शिखरमा पाइला टेक्न सके । सन् १९७३ सम्म आइपुग्दा सगरमाथा आरोहण गर्नेको कुल सङ्ख्या ३६ पुग्यो ।
भेनेजुएलामा अब थप सैन्य कारबाही नहुने भएको छ । अमेरिकी रिपब्लिकन सिनेटर माइक लीले विदेश मन्त्री मार्को रुबियोसँगको टेलिफोन संवादमा सोबारे जानकारी गराउनुभएको हो ।
सशस्त्र प्रहरी बल नेपालले पश्चिमी नाका कञ्चनपुरको गड्डाचौकीबाट पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रमको शुभारम्भ गरेको छ । आगामी माघ महिनामा मनाइने सशस्त्र प्रहरी बलको २५ औँ स्थापना दिवसको पूर्व सन्ध्यामा आइतबारदेखि पूर्वी नाका र पश्चिमी नाका गड्डाचौकीबाट एकैसाथ राष्ट्रिय झण्डा बोकी झण्डा मार्च प्रारम्भ गरिएको हो ।
भौगोलिक रुपमा विकट रहेको रघुगङ्गा गाउँपालिका –८ कुइनेमङ्गलेस्थित रितुङ माविमा अध्ययनरत छन्त्याल विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
निर्धारित समयभन्दा ढिला काम सुरु गरिएको पूर्वी नवलपरासीको नमुना सदरमुकाम निर्माणका कामले पछिल्ला दिनमा भने गति लिएको छ । यहाँको कावासोती नगरपालिका–३ स्थित १८७ बिघा क्षेत्रफलमा नमुना सदरमुकाम निर्माण भइरहेको छ । २०७६ वैशाखमा सदरमुकाम निर्माण सुरु गरिए पनि छ वर्षसम्म काम अघि बढ्न सकेको थिएन । गत वर्षबाट मात्र निर्माण थालनी भएको हो ।
नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले संसद पुनःस्थापनानै अहिलेको समस्या समाधान गर्ने छिटो र उत्तम विकल्प भएको बताउनुभएको छ ।
उदयपुर जिल्लाको बागमती आसपास केन्द्रबिन्दु बनाएर शनिबार राति २२ः५१ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको छ ।
हिमालको काखमा बसेर जीवन धान्नु आफैँमा निकै चुनौतीपूर्ण काम हो । कठोर मौसम, सीमित सुविधा र दुर्गम भूगोलबिच पनि केही मानिस यस्ता हुन्छन्, जसले यही कठिनतालाई अवसरमा रूपान्तरण गरेर जीवनलाई नवीनतम ढङ्गले अँगालिरहेका हुन्छन् ।
अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तारको कामले गति लिएको छ । पछिल्लो समय सडक विस्तारको कामले गति लिएपछि राजमार्ग विस्तारका व्रmममा विभिन्न समस्या
हिउँदे बाली सिँचाइका लागि गण्डक पश्चिमी नहरमा पानी छाडिएको छ । नारायणी नदीमा बनाइएको त्रिवेणीस्थित गण्डक बाँधबाट पश्चिम नवलपरासीका विभिन्न क्षेत्र सिँचाइका लागि बनाइएको नहरमा गत साताबाट पानी छाडिएको गण्डक नहर व्यवस्थापन कार्यालय नवलपरासीका प्रमुख तिलकराम बुढाथोकीले जानकारी दिनुभयो ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १२ स्थित कजरिया टायल्स उद्योगमा दुई जना मजदुरको मृत्यु भएको घटनाले उग्ररुप लिएको छ ।
आगामी फागुन २१ गते तोकिएको निर्वाचन नजिकिँदै गर्दा जिल्लामा राजनीतिक दलहरूको चहलपहल बढ्न थालेको छ । उम्मेदवार बन्ने तयारी गरिरहेका विभिन्न राजनीतिक दलका नेताहरू आआफ्नो निर्वाचन क्षेत्रमा आउने, घुमघाम गर्ने तथा स्थानीय बासिन्दाका समस्याका बारेका बुझ्न र बोल्न थालेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले)ले रौतहट क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ पार्टीका केन्द्रीय सदस्य अजयकुमार गुप्ताको नाम सिफारिस गरेको छ ।