नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ५९ पैसा र बिक्रीदर १४१ रुपियाँ १९ पैसा निर्धारण गरिएको छ ।
चिनियाँ भूभागबाट आएर मुस्ताङको कोरला भन्सार कार्यालयबाट जाँचपास तथा आयात हुने वस्तुका लागि पनि प्रतीतपत्र (एलसी) खोलिने भएको छ । चीनसँगका व्यापारिक नाका रसुवागढी र तातोपानी दुवै बाढीपहिरोका कारण ठप्प भएपछि कोरला नाका सञ्चालनमा ल्याउन एलसीको सुविधा विस्तार गरिएको हो । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार बैङ्क तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै मुस्ताङ नाकाबाट आयात गरिने वस्तुमा पनि एलसीको सुविधा दिने जनाएको छ ।
बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप ५५ अर्ब ७९ करोड अर्थात् ०.८ प्रतिशतले घटेर ७२ खर्ब आठ अर्ब नौ करोडमा सीमित भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४३ अर्ब ४५ करोड अर्थात् ०.७ प्रतिशतले घटेको थियो ।
जेनजी आन्दोलनको प्रभावका कारण पर्यटकीय गतिविधिमा कमी आएको छ । पर्यटकीय यामको मुखमा भएको परिवर्तनकारी आन्दोलनका कारण पर्यटकको आगमनमा असर परेपछि तत्काल उड्डयन र होटेल क्षेत्रमा प्रभाव देखिएको हो ।
ताप्लेजुङको सुकेटार विमान स्थलमा करिब दुई महिनादेखि हवाई उडान ठप्प भएको छ । गत साउन ५ गतेदेखि ताप्लेजुङमा मौसम प्रतिकुल भएकाले हवाई उडान प्रभावित हुँदै आइरहेको छ ।
लुम्बिनी प्रदेश सरकारले असोज ३ गते संविधान दिवस मनाउने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा बसेको प्रदेश सरकारका सचिवहरूको बैठकले संविधान दिवस औपचारिक कार्यक्रम गरेर मनाउने निर्णय गरेको निमित्त प्रमुख सचिव लिलाधर सुवेदीले जानकारी दिनुभएको छ ।
अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेका व्यावसायिक प्रतिष्ठान तथा कार्यालयको स्थलगत अनुगमन गरी पीडामा सरकारको साथ रहेको जनाउनुभएको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । अरब सागर तथा बङगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ भएको क्षति बेहोरेका निजी क्षेत्रको सहायताका लागि सरकारले एकीकृत व्यवसाय उत्थान योजना ल्याउने भएको छ । अर्थमन्त्री रामेश्वर खनालले मङ्गलबार निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिसँग अर्थ मन्त्रालयमा गर्नुभएको छलफलमा कर नीति तथा मौद्रिक नीतिबाट दिन सकिने सहुलियतका लागि नेपाल सरकार सकारात्मक रहेको पनि जानकारी गराउनुभएको छ ।
बहुमत विदेशी लगानीको दूरसञ्चार सेवाप्रदायक एनसेलले नेपालमा सेवा सुरु गरेको बुधबार २० वर्ष पूरा हुँदै छ । नेपाली प्रयोगकर्तालाई सहज रूपमा दूरसञ्चार सेवा उपलब्ध गराइरहेको दुई दशक पूरा भएको यस अवसरलाई एनसेल विशेष बनाउने तयारीमा थियो । २० वर्ष पूरा हुने सँघारमै एनसेलले अहिलेसम्मकै सबैभन्दा ठुलो क्षति बेहार्नु परेको छ ।
दक्षिण कोरियामा उच्च सिपयुक्त (ई–७ भिसा) श्रमिक पठाउने निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त निर्णय कार्यान्वयन नहुने जानकारी गराएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । बोर्डले उक्त परीक्षा यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको थियो ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी र तोडफोडमा देशभरका २३ अदालतमा क्षति पुगेको छ । आंशिक र पूर्णसहित २३ अदालतमा क्षति पुगेपछि सेवा प्रवाह रोकिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस पटक राष्ट्रिय शिक्षा दिवस नमनाउने भएको छ । जेनजी समूहको आक्रमणबाट मन्त्रालयलगायत थुप्रै सरकारी संरचना ध्वस्त भएका कारण दिवस मनाउन नसकिने मन्त्रालयले जनाएको छ ।
चाडपर्वलक्षित यातायात व्यवस्थापनमा सहजता ल्याउनका लागि सार्वजनिक यातायात सेवाप्रदायकले लामो तथा मध्यम दुरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिने भएको छ ।