नेपालका पहिलो ओलम्पियन खेलाडी मध्येका एक नामसिंह थापाको निधन भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई वटा उपसमिति गठन गरेको छ।
पृथ्वीराजमार्ग अन्तर्गतको पोखरा–मुग्लिन सडक विस्तार योजना (पश्चिम खण्ड) को म्याद पुनः छ महिनाका लागि थप गरिएको छ ।
गुल्मीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैतर्फको चुनावको तयारी समानान्तर रुपमा गरिरहेको बताउनुभएको छ।
मधेश प्रदेशमा दुई दिनको मौसमी सुधारपछि फेरि शीतलहर सुरु भएको छ ।
जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म त्रिवि मैदान कीर्तिपुरमा हुने आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ ।
द्रपुर विमान स्थलमा शुक्रबार राति ९:१० बजे रनवेबाट चिप्लिएको बुद्ध एयरको एटिआर–७२ विमानलाई सुरक्षित स्थानमा सार्ने तथा खोल्साबाट बाहिर निकाल्ने काम आइतबार भएको छ।
बेलायती र फ्रान्सेली लडाकू विमानहरूले मध्य सिरियामा इस्लामिक स्टेट (आइएस) समूहसँग सम्बन्धित हतियार र विस्फोटक भण्डारण गरिएको आशङ्का गरिएको एक भूमिगत केन्द्रमा हवाई आक्रमण गरेका छन् । बेलायती रक्षा मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिइएको हो ।
रञ्जन कँडेल र रविन चेपाङले प्रथम कायक च्याम्पियनसिपको उपाधि जित्नु भएको छ ।
बाजुराको बुढीगङ्गा नगरपालिकाको नगर भवन निर्माण ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल विद्यालय खेलकुद महासङ्घ (एनएसएसएफ) को संयुक्त आयोजनामा आइएसएफ स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स माघमा हुने भएको छ ।
भेनेजुयलाका राष्ट्रपति निकोलास मादुरो अमेरिकी नियन्त्रणमा परेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिएनएनका अनुसार शनिबार भेनेजुयलामा भएको अमेरिकी आक्रमणपछि पक्राउ परेका मादुरोलाई न्युयोर्कस्थित ब्रुकलिनको मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनलाई सफल पार्न सबै पक्षलाई आग्रह गर्नुभएको छ ।
चीनको नान्जिङमा भएको एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औँ मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्ण, सात रजत र १५ कांस्य गरी २६ पदक जितेका छन् ।